
माघ १४, काठमाडौं ।
सत्तारुढ दल एकीकृत माओवादी स्थायी समिति वैठक अहिले वसिरहेको छ । पार्टीले सम्हालेका मन्त्रालयमा भएका कामको समिक्षा गर्न मन्त्रीहरु सहितको स्थायी समिति मंगलबार देखि वसिरहेको छ । वैठक लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा अहिले बसिरहेको छ । भारतीय नाकाबन्दी पछि अहिलेको संक्रमणकालिन अवस्थामा पार्टीका मन्त्रीहरुले जिम्मेवार भएर काम गर्न नसकेको गुनासो आएपछि एकीकृत माओवादीले छलफलमा पार्टीका मन्त्रीहरुबाट रिपोर्टीङ गरिरहेको छ ।
वैठकमा उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी र गृहमन्त्री शक्ति बस्नेत, बनमन्त्री अग्नि सापकोटा, सामान्य प्रशासन मन्त्री रेखा शर्मा लगायतले मन्त्रालयमा भएका कामको रिपोर्टिङ गरेका थिए । मन्त्रीहरुको रिपोर्टिङ सकिएपछि स्थायी समिति वैठकले सरकारको समग्र काम कारवाहीको समिक्षा र आफ्ना मन्त्रीलाई थप निर्देशन दिने बताईएको छ । यसअघी अध्यक्ष पुष्पकमल दाहालले समेत सरकारले आशा अनुरुप काम गर्न नसकेको अभिव्यक्ति दिनुभएको थियो ।
Post a Comment
Bharat Dahal liked this on Facebook.
Samir Nplyz liked this on Facebook.