काठमाडौं, माघ १४

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि थाइल्याण्ड जाने भएका छन्।
बैंककमा उपचाररत पार्टी सचिव वर्षमान पुन अनन्तको स्वास्थ्यस्थितिबारे थप जानकारी लिन प्रचण्ड भोलि थाइल्याण्ड जान लागेको उनको निजी सचिवालयले जनाएको छ।
प्रचण्ड नेपाल एयरलाइन्सको बिमानमार्फत शुक्रवार बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। सचिव अनन्तको स्वास्थ्यमा सुधार आउन थालेपछि उनलाई नेपाल ल्याउने विषयमा बैंककस्थित चिकित्सिकहरुसँग छलफल गर्न प्रचण्ड त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
यसअघि पनि प्रचण्ड अन्ततकी पत्नी सभामुख ओनसरी घर्तीसँगै उनको स्वास्थ्यस्थितिबारे जानकारी लिन थाइल्याण्ड गएका थिए।
Post a Comment
Aago Pati liked this on Facebook.
Biswas Basnet liked this on Facebook.
Samir Nplyz liked this on Facebook.