Halloween Costume ideas 2015

www.aagopani.com

A News portal by Websoft IT Nepal Pvt. ltd.

Latest Post
PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

काठमान्डाँै , असार २० सलोन बस्नेतद्धारा अभिनित चलचित्र ‘बाबु कान्छा’को टाइटल गीत सार्वजनिक गरिएको छ । असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको सार्वजनिक ट्रेलरलाई दर्शक निक्कै मन पराए पछि चलचित्रको शीर्ष गीत रिलिज गरिएको निमार्ण पक्षले जानकारी दिएको छ । चलचित्रको सार्वजनिक गीतमा चर्चित गायक तथा सङ्गीतकार शम्भुजित बास्कोटाले लामो समय पछि चलचित्र ‘बाबु कान्छा’मा गीत गएका छन ।अहिलेका निकै चर्चित गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीको शब्द तथा सङ्गीत रहेको यस गीतलाई दर्शक तथा श्रोताले मन पराउने चलचित्रका निर्देशक सोवित बस्नेतले बताए । युवा पुस्तामा हुने माया प्रेम र रोमान्सलाई सामाजिक रुपमा देखाउन खोजिएको उनले बताए । ‘बाबु कान्छा’मा सलोन सँगै निर शाह, सरोज खनाल,करिष्मा श्रेष्ठ, राजाराम पौडेल,लय संगौला , ऋतिक शाही,सम्राट् सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,विक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गदैँछन । आफुले सानो बजेटमा सर्वोकृष्ट चलचित्रको निमार्ण गरेको निर्देशक बस्नेतले बताए ।

विराटनगर, फागुन २४ अमुल्य म्युजिकको प्रस्तुतिमा डिके बराइलीको निकै उत्कृष्ट आधुनिक गित ”टुटेको मन ” बजारमा आएको छ । नेपाली सुगम संगितको क्षेत्रमा परिचित हुदै गएका गायक डिके बराइलीले आफनो गितमा ”टुटेको मन ”बजारमा आउना साथ निकै चर्चाको शिखरमा रहेको छ । प्रेमिकालाई अरुले नै आफनो हातबाट टुटाएर लग्दा उत्पन्न हुने समस्यालाई गितमा समावेश गरिएको छ ।मायाको वदलामा पिडाको आशँु दिने मायालुलाई सम्झदै प्रेमले आफनी प्रेम िभिडियोमा नेपाली कला क्षेत्रमा परिचित गायक तथा मोडल प्रेम घिमिरे , मोडल नैना वत्स्याल र उमेश लम्सालको अभिनय निकै प्रसंसा लायकका रहेको छ । गितमा महेन्द्र विश्वकर्माको उत्कृष्ट शब्द सिर्जना तथा विमल डाँगीको संगित संयोजन रहेको छ । टुटेको मनमा जिवन्त अभिनय गराउनको लागी असोक विक को निर्देशन रहेको छ साथै गितको भिडियोलाई मनिस कार्किले सम्पादन गरेका हुन । भिडियो हेर्न तल क्लिक गर्नु होला ।


नेपाल प्रहरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा प्रहरी निरीक्षकको रुपमा कार्यरत नेपाल प्रहरीका राष्टयोदा गितकार भोजराज पाण्डेको उत्कृष्ट शब्द सिर्जनामा तयार पारिएको विते कति रात सुदुर पश्चिमको मौलिक गितलाई निकै कलात्मक रुपमा शब्दचित्र मार्फत ब्यक्त गरिएको छ । नेपाल प्रहरीलाई कर्म क्षेत्र बनाएर अगाडि बढाएका उनको यो गितलाई निकै महत्वपूर्ण रुपमा लिने प्रयास गरिएको छ । रोजगारीको शिलशिलामा भोगेका कतिपय मार्मिक भावहरुलाई समेटिएको छ ।

“कति विते यादहरु”को शब्द रचना भोजराज पाण्डेको रहेको छ भने गीतमा,संगित संयोजन नविन श्रेष्ठ , र गायिका मेलीना राईको सुमधुर आवाज रहेको छ । गितलाई बजारमा प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको छ । विते कति रातहरु बोलको गीतको भिडियोमा आशा खड्का , अमन श्रेष्ठ, अनमोलको अभिनय देख्न सकिन्छ । गितको भिडियोलाई निर्देशक बविता श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा मुकेश हुमागाईको छायांकन र अविनास डिसीको सम्पादन कार्य गरेका छन् .

 आर पोखरेल , काठमाडौँ कात्र्तिक २६।
नेपाली गीत लोकदोहोरी क्षेत्रमा सुमधुर आवाजकी धनि गायिका मुना थापा मगर र गायक नविन गुरुङ्गको आवाजमा समेटिएको लोकदोहोरी एल्बम “उनको मेरो नाता टुट्यो” बजारमा आजबाट आएको छ । प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा निमार्ण गरिएको गितमा विकाश गुरुङको शब्द , नविन गुरुङको संगित रहेको छ ।
माया प्रेमका मर्मस्पर्शी भोगाइका यादमा कसैको अभावमा बाच्नुपर्दाको अवस्थालाई गितमा समेटिएको छ । जिवनका यात्राहरु भोग्ने क्रममा अनेक प्रकारका समस्या र चुनौतिलाई मानव भएपछि भोग्नुपर्छ त्यही भोगाईका पिडालाई मौलिक रुपमा गित मार्फत गायक नविनले गाएका छन । कसैले अन्जानमा गरेको गल्तीको कारणबाट जिवनमा आएको विछोडमा भुल्नै नसक्ने कथालाई समेटिएको छ ।
लोकदोहोरी क्षेत्रकी सफल गायिका मुना थापा मगर र गायक नविन गुरुङको सुमधुर स्वरले सजिएको छ । म्युजिक भिडियोलाई मुकेश हुमागाईले छायाकन , अविनास डिसीले सम्पादन गरेका छन । भिडियोमा आशा खड्का , बुद्धविर थापाको अभिनय रहेको छ । “उनको मेरो नाता टुट्यो”लाई वविता श्रेष्ठले निर्देशन गरेकी हुन ।


विराटनगर कात्र्तिक २० । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा बिगत लामो समय देखी सक्रियरुपमा  क्रियासिल गायक सर्जक तथा संगितकार भरत थापामगर । मौलिक गित संगितको क्षेत्रमा सुपरिचित नाम रहेको छ ।  अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाइमा परेका उनी वेदेशिक रोजगारीको शिलशिलामा सात समुन्द्ध पारि भएपनि तलिन रहेका  छन् । कलाकार राष्ट्रको गहना हुन् भन्ने राष्ट्रले दिएको उपनाममा उनि भन्छन् , हामी राष्ट्रको गहना होइनौं , जुन गहना कुनै भोज भत्तेरमा जाँदा लगाइन्छ र घर फर्किए पछी फुकालेर धराजमा राखिन्छ । पछिल्लो समयमा लोक दोहोरी क्षेत्रमा बढ्दै गएर बाह्य सस्कृतिलाई समाजका सभ्य नागरिकले हटाउनुपर्ने  उहाँको धारणा रहेको छ । खाडी मुलुक साउदी अरब ,मन कति रुहाउनुछ छिया छिया पारेर , तिमी जस्तो स्वार्थी बन्दिन  , फुल फुल्यो सिस्नु सेतै भो , स्वर्गीय आमाको सम्झनामा , मिठो बचन बोलेर भुलायौ लगायतमा संगित शब्द तथा लय उहाँको रहेको छ । लाखौ लोक पारखीको  मन मुटु मा बस्न सफल हुनु भएका  भरत थापा मगर आज सबै को प्यारो बन्न पुगेका छौ उहाँ ले धेरै लाई संगीत क्षेत्र मा पनि ल्याउनु भयो र उहाँ को धेरै नै चर्चित गितहरु पनी आम दर्शक माझँमा ल्याउनुभएको छ । 

अस्मिता पोखरेल
काठमाडौँ   कात्र्तिक १७ ः नेपाली सांगीतिक बजारमा सर्वाधिक रुपमा चर्चित गायक लोकेन्द्र शाहि र माया पार्धे को  मोैलिक लोकदोहोरी  एल्वम  “ मेरो माया काडाँ भो ”  युटुव मार्फत आज सार्वजनिक गरिएको छ । भैरब कालिका म्युजिक प्रा लीकोे प्रस्तुतिमा सुजन  मगरको पहिलो कोशेली गितमा माया प्रेममा विछोड पर्दाको अवस्थालाई चित्रण गरिएको छ ।कहिले काहीँ देखेको कुरा पनि झुटो हुन सक्छ माया गर्ने ले बिश्वास पनि गर्न सक्नु पर्छ आफुले माया गर्ने मान्छेलाइ भन्ने कुरा भिडियोले एक दमै राम्रो तरिकाले देखाएको छ विगतको यादलाई सगुनले आफना प्रेमी लोकेन्द्रलाई जिवनभरि साथ दिन आग्रह गरेकि छन । गितमा कर्ण संन्ज्यालको लय रहेको छ साथै भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन  । मायामा धोका पाउदा आखाँमा आउने आशुँ ले भुल्न निकै अफटयारो पर्ने गर्छ हैन र  ? “मेरो माया काडाँ भो ” को भिडियो सागर गौतमले छायाँकन गरेका हुन भने भिडियोलाई रमित ओलीले सम्पादन गरेका छन । भिडियोमा लोकेन्द्र शाहि र सगुन शाहीको अभिनय रहेको छ ।

“मेरो माया काडाँ भो ” को भिडियो तल रहेको छ ।

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget