Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सामाजिक सेवाको मनोभावमा संगीत सरोबर प्रबासी युवा समुहको स्थापना

काठमाडौँ कार्तिक १ । प्रबासमा रहेका नेपालीहरुले आफ्नै हक हितका निमित्त “संगीत सरोबर प्रबासी युवा समुह” स्थापना गरेका छन् । असोज ३१ गते नेपाली गीत संगीतकलाई अत्यन्त माया गर्ने र हरेक रातको ९ बजे देखि ११ बजे सम्म प्रसारणमा आउने कार्यक्रम संगीत सरोबर हेर्ने प्रबासी नेपालीहरुको एक भेला सम्पन्न भयो र त्यहि भेलाले लाल बहादुर खड्काको संयोजगत्वमा संगीत सरोबर प्रबासी युवा समुह नामक एक संस्था दर्ता गर्नका निमित्त तदर्थ समिति बनाउने निर्णय गरेको छ । गत केहि महिना अगाडी बाट संगीत सरोबरको लाइक पेज मार्फत हरेक रातको ९ बजे बाट ११ बजे सम्म प्रसारण हुने कार्यक्रम संगीत सरोबर हेर्दै त्यहि माध्यम बाट संगठित भएका उनीहरुले, हामी प्रबास मै रहेर पनि समाजमा कुनै उल्लेखनिय कार्य गर्न सक्छौं भन्ने उच्च सोचका साथमा यो समुह स्थापना गरेको बताएका छन् । नेपालमा हरेक बर्ष प्राकृतिक प्रकोपको कारण कयौं नेपालीहरुको ज्यान गएको छ । कयौं नेपालीहरुले आर्थिक अभावको कारण बिभिन्न बिमारमा पनि उपचार गर्न नपाएर ज्यान गुमाएका छन् ।

 यो मात्र नभएर हामी जस्ता धेरै प्रबासीहरु आर्थिक अभावको कारण बिभिन्न पिंडामा परि बिदेसी भुमि मा नै सडेर बस्नु परेको यथार्थता पनि हामीले बेला बखत सुन्न पाउने गर्दछौं । त्यसैले आफुलाई परेपछी हारगुहार गर्नु भन्दा पनि भबिस्यमा सबैलाई आई पर्ने भबितब्य घटनामा मलम पट्टि लगाउन हामीले यो समूह गठन गरेर एउटा कोष निर्माण गर्ने छौं भन्दै संगीत सरोबर लाई जानकारी प्राप्त भएको छ । छिट्टै संस्था दर्ता हुने गरी यस संस्थाको कार्यसमिति भित्र अध्यक्ष लाल बहादुर खड्का खोटांग नेपाल हाल मलेसिया , उपाध्यक्ष रुपचन्द्र बेसाहारा संखुवासभा नेपाल हाल कुबेत, कोषाध्यक्ष देबेन्द्र जी.एम दुर्गा दांग नेपाल हाल साउदी अरब, सचिब टोप बहादुर बोहरा टि.आर कैलाली नेपाल हाल साउदी आरब, सहसचिब केशब तिमल्सिना सिन्धुपाल्चोक नेपाल हाल मलेसिया, संयोजक नबिन दाहाल ब्याक इन दांग नेपाल हाल मलेसिया, सदस्यहरु शेर बहादुर बि.सी बर्दिया नेपाल हाल मलेसिया, निर्मल भण्डारी (संगीत प्रेमी) दांग नेपाल हाल मलेसिया र लक्ष्मण खनाल अर्घाखाँची नेपाल हाल साउदी अरब रहेका छन् । यस तदर्थ समितिका सचिब टोप बहादुर बोहरा टि.आरको अनुसार यस संस्था भित्र आबद्ध हुन छुटपुट भएका अन्य प्रबासीहरुलाई पनि आगामी दिनमा समेट्दै लाने कुरा पनि संस्थाले प्रतिबद्धता जाहेर गरेको छ ।


 उक्त संस्थाको अनुसार प्रबासमा रहेर समाज सेवाको मनोभाव राख्ने अन्य धेरै प्रबासीहरुलाई सदस्यता विस्तार गर्ने पनि सो समुहको मूल उदेस्य रहेको जानकारी प्राप्त भएको छ । यस समुहले भबितब्य परि आउने घटना बाट छटपटिमा पर्ने आम नेपालीहरुलाई उनीहरुको घाउमा मलम पट्टि लगाउदै समाजमा उल्ख्निय सामाजिक कार्यको आफ्नो तर्फ बाट महत्वपुर्ण भूमिका निर्बाह गर्नेछ । त्यसैले पनि हामी संग हातेमालो गर्न चाहने अन्य प्रबासीहरुलाइ एकेबद्धता जाहेर गरिदिनुहुन समुहले आग्रह गरेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget