Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

धेरै सहयोगी हातहरु मेरो लागि अगाडि बढेको देख्दा खुशी लाग्छ ःगायिका इन्दिरा गैरे

सानैदेखिको रुची अनि चाहना त्यही चाहना अनुसारको मिहिनेत गर्दै अगाडि बढेकी गायिका हुन इन्दिरा गैरे । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वार्ड नं. ३ मा बाबु आमाको कान्छी छोरीको रुपमा जन्मेकी यी गायिका भर्खर भर्खर कलाकारिता क्षेत्रमा जम्न थालेकी छन् । यसै वर्षको तीज गीत मायाँले खान दिन्न बरीलै बाट गायन क्षेत्रमा प्रवेश गरेकी गायिका इन्दिराले दशैं तिहार विशेष गीत प्रदेशीको काहानी बजारमा लिएर आएकी छन् । जुन गीतमा इन्दिराले गीत मात्र गाएकी छैनन् अभिनय पनि गरेकी छन् । पढाइको सिलसिलामा अर्घाखाँचीबाट बुटवल झरेकी यि गायिका पढाई, जागिर, र कलाकारिता क्षेत्रमा होमिएकी हुन् । पढाई आवश्यकता जागिर बाध्यता र कलाकारिता सानैदेखिको रुची र चाहना रहेको उनको भनाई छ । धेरै अगाडि नै कलाकारिता क्षेत्रमा प्रवेश गर्ने रहर भएपनि समय र परिस्थितिले गर्दा केही ढिलाई भएकोमा उनलाई पछुतो भने छैन । पढाई, जागिर, र कलाकारिता क्षेत्र उनलाई उत्तिकै प्यारो लाग्छ । तीज,दर्शैं तिहार गित पछि उनका धेरै लोक तथा दोहोरीहरु धमाधम आउने क्रममा छन् , यसरी अगाडि बढ्ने तरखरमा लागेकी उनै गायिका इन्दिरा गैरेसंग सहकर्मि साथी भोलासगँ गरिएको कुराकानीको संक्षिप्त अंश
आजकाल के गदै हुनुहुन्छ ?
विशेष गरेर कलाकारिता क्षेत्रमा नै व्यस्त छु दशैंको समय छ विभिन्न ठाउँबाट स्टेज प्रोगामको लागि निम्ता आइरहेका छन् त्यतातिर पनि समय दिइरहेकी छु ।
कलाकारितामा तपाई कसरी प्रवेश गनुभयो नी ?
सानैदेखिको गायिका बन्ने लक्ष्य थियो रहर पनि थियो, त्यही अनुसार अहिले आएर मलाई चिन्ने साथीहरु घरपरिवारको पनि रहर थियो म गायिका भएको देख्ने त्यही अनुरुप विशेष गरी साथी सारदा मरासिनी सरुको आग्रह र सहयोगमा यो क्षेत्रमा पाइला चाल्ने आँट गरेकी हुं ।
तपाईको बाल्यकाल कहाँ वित्यो नी ?
म सामान्य परिवारमा जन्मेको मान्छे, विशेष केही छैन बाबा आमा दाजु भाई दिदीहरुको साथमा रमाइलो मै बित्यो
परिवारमा कति जना सदस्य हुनुहुन्छ ?
४ दाजुभाई ३ दिदी बहिनी अनि बाबा आमा र हजुर आमा हुनुहन्छ ।
गित(सङ्गितमा लाग्ने सोच कहिले बन्यो र कहाँ बाट सुभारम्भ भयो ?
सानैदेखि रेडियोमा अग्रज गायक गायिकाहरुको गितहरु सुन्दा नै मलाई पनि संगीतमा लाग्ने एकदमै रहर थियो अनि स्कुलमा सरहरुले पनि मेरो स्वरको प्रशंसा गर्दा त झनै हौसला थपिने गथ्र्यो तर जुन रहर मैले चाहेको समयमा पुरा गर्न त पाइन अहिले बीचमा लगभग ७÷८ वर्ष ग्याप पछि आफ्नो रुची पुरा गर्नुपर्छ भन्ने सोचेर यो क्षेत्रमा लागेकी हुँ ।
प्राय लेडिज कलाकारहरु अलिक घमण्डी हुन्छन रे ?
त्योत लेडिजलाई हेर्ने नजर हो प्राय जेन्सहरु लेडिजलाई इज्जत दिन जान्दैनन अनि आफूहरुले चाहिं इज्जत खोज्छन त्यस्तो हुंदा आफूले जस्तो व्यवहार ग¥यो त्यही अनुसारकै व्यवहार लेडिजले दिने हो यस्तो हुँदा लेडिजलाई घमण्डीको उपमा दिने हाम्रो समाजको चलनै हो ।
यहाँ द्वारा स्वरबद्ध गरिएको पहिलो गित कुन हो ?
मेरो पहिलो गित यसपालीको तिजमा मायाँले खान दिन्न बरीलै हो जसमा लय शब्द भाई दिनेश पाण्डेको रहेको छ भने स्वर मेरो र दिनेश पाण्डेको नै रहेको छ, भने दोस्रो कोशेली दशैं तिहार विशेष प्रदेशीको काहनी हो जसमा लय सुमन परियार,शब्द मेरो प्यारो साथी सारदा मरासिनी सरु र स्वर सुमन परियार र मेरो रहेको छ भने अभिनय पनि सुमन परियार र मेरो नै रहेको छ ।
तपाइँ बिबाहित हो कि अविवाहित ?
म अहिले सम्म सिंगल नै छु । अहिले भर्खरै विहे गर्ने सोंच पनि गरेकी छैन अब अलिकति भएपनि यो क्षेत्रमा स्थापित भएपछि मात्र विहे गर्ने सोचेकी छु ।
तपाई प्रेम मा कतिको विश्वास गर्नुहुन्छ ?
विश्वास लाग्छ प्रेमले धेरै कुरा सिकाउँछ गलतलाई सही बाटोमा ल्याउन र नकारात्मक सोंचलाई सकारात्मक रुपमा परिणत गर्नको लागि पनि प्रेम अनिवार्य छ ।
तपाई कस्ताो साथी मन पराउनुहुन्छ ?
मलाई इज्जत गर्ने मेरो चाहना रुची अनुसार साथ र सपोर्ट गर्ने साथी नै मलाई मन पर्छ ।
मेकअपमा कतिको खर्च हुन्छ ?
त्यति धेरै खर्च गर्दिन सामान्य खर्च त भइ नै हाल्छ तर बढी बढी खर्च गर्दिन नेचुरल नै ठिक लाग्छ मलाई ।
आफ्ना श्रोता तथा दर्शकहरुको राती कत्तिको फोन आउँछ ?
फोन आउँछ प्राय गरेर अनलाईन बसेको समयमा धेरै साथीले म्यासेन्जरमा फोन गर्नुहुन्छ । म त्यति वास्ता गर्दिन किनकी काम परेको साथीले एउटा म्यासेज छाड्दियो भने उसलाई आफै कल गर्न पनि सकिन्छ होइन भने अनावश्यक फोन गरेर डिष्ट्रप गरेको चाहिं अलि मन पर्दैन यतिबेला नचाहेरपनि घमण्डी नै बन्नुपर्छ ।

विवाह मागी की प्रेम गर्ने ?
त्यो त समयले बताउला सबैको सल्लाहमा मागी विवाह नै राम्रो लाग्छ ।
अन्य घरपरिवारको तर्फबाट तपाइँ यो क्षेत्रमा लाग्दाखेरिका साथ सहयोग कस्तो छ ?
छोटो समयमै धेरै नै सुभ चिन्तक कमाएकी छु धेरै सहयोगी हातहरु मेरो लागि अगाडि बढेको देख्दा खुशी लागेको छ । घरपरिवारले मलाई कुनै कुरामा रोक्नुभएन मेरो चाहना र रुची अनुसार आफै मिहिनेत गरेर अगाडि बढ्दा खुशी हुनुहुन्छ आर्थिक हिसाबले सपोर्ट गर्न नसकेपनि अगाडि बढ्न कहिले रोक्नुभएन
हरेक दिनको दैनिकी कसरी सुरु हुन्छ ?
हरेक दिन सबेरै उठ्ने अनि जागिर छिटै जानुपर्ने हुन्छ त्यसैले सबै काम समय अनुसार मिलाएर गर्ने गरेकी छु ।
कलाकारिता क्षेत्रको श्रीबिध्दिको लागि राज्यले कलाकारको लागी कस्तो भुमिका निर्वाह गर्नुु पर्छ ?
कलाकारलाई सरकारको तर्फबाट पनि एउटा स्थान सुनिश्चित गरिदिनुपर्छ कलाकार भनेको देशको गहना भन्ने तर व्यवहारमा त्यो लागु भएको देखिदैन लोक संस्कृतिको जगेर्ना गर्न र जोगाइ राख्नको लागि पनि एउटा मापदण्ड तोकिनु आवश्यक छ, भने लोक संस्कृतिमा फैलिदै गएको छाडापनको निरुत्साहित गर्ने कानुन ल्याउनुपर्दछ ।
मिडियाको भुमिका ?
मिडिया ऐनाजस्तो हुनुपर्दछ जस्तो छ त्यस्तै कसैको दबाबमा हैन स्वतस्फूर्त तरिकाले चल्न पाउनुपर्छ ।
भाग्य र कर्ममा बिस्वास बढी कुन गर्नुहुन्छ ?
पहिला कर्म गर्नुपर्दछ त्यसपछि भाग्यमा आशा गर्नुपर्दछ । त्यसैले म कर्ममा विश्वास गर्दछु ।
अन्तमा हाम्रा पाठकहरुलाइ छुटेका कुरा केही भन्न चाहानु हुन्छ ?
अन्त्यमा आउँदै गरेको विजया दशमी तथा दिपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण बाबा आमा दाजु भाई दिदी बहिनी लगायत शुभचिन्तकहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । म भनेको कलाकारिता क्षेत्रमा कोपिलाकै रुपमा छु फुल्ने फुलाउने सबै दर्शक श्रोताको हातमा छ, मेरो कमी कमजोरी औल्याएर माया र हौसला पाए मलाई आगामी दिनमा अगाडि बढ्न अवश्य सहज हुनेछ । मेरो गितहरुलाई माया गरिदिनुहोला जस्तो छ त्यस्तै प्रतिक्रियाको पनि अपेक्षा गर्न चाहन्छु ।
धन्यवाद हामिलाइ महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा ।
भोला जी तपाई लगायत तपाई क्रियाशिल मिडियालाई लाई पनि धेरै धेरै आभार प्रकट गर्दछु ,मेरो मनको तिता मिठा गन्थनको पोको फुकाउनी मौका दिनु भएकोमा , यो अनलाइनले सबैको मन जितोस मेरो तर्फबाट शुभकामना ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget