Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रधानमन्त्रीले गृहमन्त्रीलाई सोधे- 'मैले रोक्दारोक्दै गोली हान्ने आदेश किन दिनुभो?'

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले तराईमधेसका आन्दोलनकारीमाथि गोली नचलाउन पटकपटक दिएको निर्देशनविपरीत गृहमन्त्री विमलेन्द्र निधिको ठाडो आदेशमा सप्तरीमा प्रहरीले फायर खोलेको खुलेको छ।
माओवादी केन्द्रीय कार्यालयको बैठक बसिरहँदा प्रधानमन्त्री दाहालले गोली नचलाउन गृहमन्त्री निधिलाई कडा निर्देशन दिदाँदिदै एक्कासि गोली प्रहारबाट आन्दोलनकारीको ज्यान गएको घटना जानकारीमा आउनेबित्तिकै गृहमन्त्री निधिलाई टेलिफोन सम्पर्क गरी प्रश्न गर्दा रहस्य खुल्न गएको हो।
सप्तरीमा गोली नै चलाउनुपर्ने स्थिति उत्पन्न नहुँदै मन्त्री निधिले गोली हान्न 'ठाडो आदेश' दिएको रहस्य खुलेलगत्तै माओवादी केन्द्रका नेता बैठकमैस्तब्ध भएकाथिए। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ ५ बजेदेखि सवा ८ बजेसम्म बसेको केन्द्रीय कार्यालय बैठकमा गृहमन्त्रीको 'शंकास्पदव्यवहार' बारे गम्भीर छलफल भएको सहभागी एक नेताले जानकारी दिए। उक्त बैठकभित्र गृहमन्त्री निधिको बर्खास्तगीको समेत विषय प्रवेश पाएको छ।
तर, गृहमन्त्री निधि कैलालीमा रहेका कारण प्रधानमन्त्री दाहालले एकपटक प्रत्यक्ष भेटेर कुराकानी गर्ने अनि मात्रै थप निर्णयमा पुग्नेछन, स्रोतले भन्यो । सप्तरीमा त्यत्रो घटना हुँदा पनि गृहमन्त्री निधिलाई बोलाइए पनि काठमाडौं आएनन्। उनी कैलालीबाट नेपालगन्ज आई बसेका छन्। उनी बुधबार मात्र फर्कने उनको प्रेस संयोजक रामजी दाहालले जानकारी दिए।
'प्रधानमन्त्रीज्यूले गृहमन्त्रीलाई फोन गरी मेरो कडा निर्देशन हुँदाहुँदैकिन गोली चलाउन निर्देशन दिनुभयो भनेर प्रश्न गर्दा सुरुमा त गृहमन्त्रीले जवाफ दिन आनाकानी गर्नुभयो,' सहभागी एकनेताले नागरिकसँग भने, 'तर प्रधानमन्त्रीले र्‍याखर्‍याती पारेपछि मात्रै गृहमन्त्रीले घुँडामुनि गोली चलाउन निर्देशन दिएकोतर टाउकोमा नै हानेछन् भन्ने जवाफ दिनुभयोे।' गृहमन्त्रीको उक्त जवाफपछि प्रधानमन्त्री दाहाल गृहमन्त्री निधिसँग टेलिफोनमै झोक्किएका छन्।
माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले टि्वटर ह्यान्डलबाटै यस्तो संकेत दिएका हुन्। 'सप्तरीमा प्रहरीको गोली लागेर एकजना(आन्दोलनकारी) को निधन भएको खबर सुन्दा निकै दुःख लाग्यो, प्रधानमन्त्रीले गोली नचलाउन निर्देशन दिदाँदिँदै यो घटना कसरी भयो? सबैले संयमता अपनाऊ', श्रेष्ठले टि्वट गरेका छन्।
प्रधानमन्त्री दाहालले सप्तरी घटनाबारे नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई पनि बैठकस्थलबाटैटेलिफोन गरी घटनाबारे विस्तृत जानकारी लिन भ्याएका छन्। जवाफमा पोखरेलले पनि गृहमन्त्रीको ठाडो आदेश आएको जवाफ प्रधानमन्त्री दाहाललाई दिए।
'जब राज्यको कार्यकारी प्रमुख प्रधानमन्त्रीले तपार्इंले आज बिहानसोमबार) पनिकुनै हालतमा गोली नचलाउनू भनेर निर्देशन दिएको अवस्था थियो तर प्रधानमन्त्रीको निर्देशनलाई नै नाघेर र कुनै जानकारी नै नदिई गृहमन्त्रीको ठाडो आदेश किन मान्नुभयो?' भन्दै प्रधानमन्त्री दाहाल डा. पोखरेलसँग आक्रोशित भएका छन्', बैठक स्रोतले भन्यो।
त्यति मात्र होइन, आफ्नो कडा र स्पष्ट निर्देशनविपरीतमधेसी मोर्चाको कार्यकर्ताको आन्दोलनमा गोली चलाएपछि पूर्वी क्षेत्रका सहित सप्तरीका सुरक्षाप्रमुखसँग पनि प्रधानमन्त्री दाहालले जानकारी लिएका छन्। उक्त जानकारीका क्रममा प्रधानमन्त्री दाहाललाई गोली चलाउनैपर्ने स्थिति नभएको तर गृहमन्त्रीले आदेश दिएपछि बाध्य भएको टेलिफोन 'ब्रिफिङ' गरेका छन्।
प्रधानमन्त्री दाहाल आइतबार विराटनगर जाँदा पनि पूर्वक्षेत्रका सुरक्षा प्रमुख, साँझ गृहमन्त्री निधि स्वयंलाई बोलाएर आन्दोलनमा कुनै हालतमा पनि गोली नचलाउन कडा निर्देशन दिएका थिए। त्यति मात्र होइन, सोमबार बिहान प्रहरी प्रमुख डा. पोखरेल स्वयंलाई समेत बालुवाटार निवासमै बोलाएर आन्दोलनमा कुनै हालतमा गोली नचलाउनू भनेर कडा निर्देशन दिएका थिए। आफ्नो सबै निर्देशनविपरीत गोलीबाट आन्दोलनकारी मरेपछि प्रधानमन्त्री दाहालले आफू घेराबन्दीमा परेको निष्कर्ष बैठकमा सुनाएका छन्', अर्का सहभागीले नागरिकसँग भने।
दाहाल निकट माओवादी नेता युवराज चौलागाईले पनि प्रधानमन्त्रीले रोक्दारोक्दै र कडा निर्देशन दिदाँदिँदै पनि गृहमन्त्री निधिले एकपटक पनि नसोधी 'ठाडो आदेश' दिएर सप्तरीमा गोली हान्न आदेश दिएको बताए।
'प्रधानमन्त्री प्रचण्डले प्रहरी प्रमुखलगायत अन्य सुरक्षा अधिकारीलाई आफैंले बोलाई मधेसमा कुनै हालतमा गोली नचलाउन बिहान निर्देशन दिनुभएको थियो',चौलागार्इंले नागरिकसँग भने, 'तर, गृहमन्त्रीको ठाडो निर्देशनमा दिउँसो सप्तरीमा गोली चल्यो र गोली लागी तीन व्यक्तिको ज्यान गयो।' उनका अनुसार उक्त घटनालाई लिएर प्रधानमन्त्री दाहालले गृहमन्त्री निधिसँग मंगलबारै स्पष्टीकरण लिनेछन्।
दुई महिनाअघि घोषणा गरेअनुसार प्रमुख प्रतिपक्ष नेकपा एमालेले शनिबारबाट 'मेची–महाकाली अभियान' सुरु गरेको थियो। सामान्य विरोधका बीच राजविराजमा कार्यक्रम सकेर एमाले टोली उत्तरी राजमार्गतर्फ बढिसकेपछि प्रहरीले एक्कासि आन्दोलनकारीमाथि गोली चलाउँदा साँझसम्म चार जनाको ज्यान गएको छ।
बालुवाटारमा माओवादी बैठक चलिरहँदा प्रमुख प्रतिपक्ष एमाले नेता केपी शर्मा ओली, तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि टेलिफोन कुराकानी गरी जानकारी गराएका थिए। स्थानीय तहको निर्वाचन केन्द्रित हुने भन्दैसाँझ केन्द्रीय कार्यालयको बैठक बोलाइएको थियो। तर,गृहमन्त्री निधिले प्रधानमन्त्रीलाई जानकारी नै नदिई सप्तरीमा गोली चलाउन ठाडो आदेश दिएको रहस्य खुलेपछि बैठक त्यसैमा केन्द्रित हुन पुगेको थियो। 'गृहमन्त्री निधिको पछिल्लो र आश्चर्यजनक व्यावहारले प्रधानमन्त्री दाहाल स्तब्ध र हैरान छन्', दाहाल निकट स्रोतले भन्यो।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget