Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

‘विछोडको घाउ’ सार्वजनिक


रोशन पोखरेल फागुन १८
पछिल्लो समय नेपाली म्युजिक भिडियोको गुणस्तरमा धेरै बढवा भईरहेको छ । लोकदोहोरी भिडियोको क्वालिटिलाई लिएर कतिपयले खिल्लि समेत उडाउने गर्छन् बजारमा । तर तिनै खिल्ली उडाउनेहरुका लागी दरो झापड दिएको छ । हालै सार्वजानिक नयाँ म्युजिक भिडियो ‘बिछोडको घाउंले’ तन्नेरी निर्देशक भनेर परिचित निर्देशक सिर्जन बरालको निर्देशनमा तयार नयाँ गित बिछोडको घाउंको भिडियो निकै उत्कृष्ट बनेको छ । भिडियोमा सिर्जनको मेहनत प्रष्ट देख्न सकिन्छ ।
बिछोडको घाउंले नेपाली लोकदोहोरी भिडियोकोे गुणस्तरलाई नयाँ कोशेढुङ्गा सावित गरिदिएको छ । भिडियोमा चर्चित मोडल निरुता शाहीको जिवन्त अभिनय देख्न सकिन्छ । निरुतालाइृ अभिनयमा रणबहादुरले अभिनयमा साथ दिएका छन् । बालापनको प्रेम हुदैं किशोर अवस्थामा भएको प्रेम र पारिवारिक कारणवश भएको विछोडलाई भिडियोमा उतारिएको छ । विछोडीएका जोडीलाई एकपटक यो भिडियो हेर्दा मन कटक्क खान सक्छ ।
मार्मीक एवं मन छुने शब्दले सुसज्जित गितलाई चन्दन वलिले शब्द लेख्नुका साथै आफै गाएका हुन । चन्दन वलिको स्वर र तुल्सी घर्तिको युगल स्वरले गितलाई अझ कर्ण्प्रिय बनाई दिएको छ । धुव्र लोहनीको शब्द,प्रदिप दाहालको सम्पादन, रेशम दर्लामी र मुकेश हुमागाईको छायाङ्कन रहेको भिडियोलाई सारदा म्यजिकले सार्वजानिक गरेको हो ।

भिडियो तलको लिंकमा

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget