Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

विराटनगर गुरुकुलमा झ माने झण्डा मंञ्चन हुने


विराटनगर, ११ माघ । आरोहण गुरुकुल विराटनगरमा माघ १५ गते देखि झ माने झण्डा नाटक मंञ्चन हुने भएको छ । विराटनगर गुरुकुल कै आयोजनामा युवा रंगकर्मी रामभजन कामतले परिकल्पना तथा निर्देशन गरेको सो नाटक माघ २३ गते सम्म हाटखोला स्थित सुशिला कोईराला नाटकघरमा मंञ्चन हुन लागेको हो । दैनिक अपराह्न साढे ४ बजे सो नाटक मंञ्चन गरिने आयोजकले जनाएको छ । नाटकमा हामी र हाम्रो मानसिकताको मनोभाव, सिंगो देशको हालको याथार्थ चित्रण प्रस्तुत गर्न खोजिएको निर्देशक कामतले बताए । नाटकमा भरत कार्की, विकास पराजुली, राजेश ठाकुर, अशोक गौतम, गिता कोईराला, निदेश आचार्य, कौशिला कामत, श्रीमती सुवास विष्ट लगायतका कलाकारहरुले अभिनय गरेका छन् । नाटकमा प्रकाश तथा ध्वनी परिचालन सागर विश्वासले गरेका छन् । नाटकको टिकट दर रु १०० र २०० तय गरिएको छ । विद्यार्थीले परिचय पत्र देखाएर रु ७० को टिकट खरिद गर्न सक्नेछन् ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget