Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

देश-समाजलाई केही दिन कलाकारितामा लागेकी हुँः गायीका भुमिका

 

माघ१० 

काठमाडौँ ।
गायीका भुमिका शाहले देश-समाज परिवर्तनको लागि आफू गीत-संगीत क्षेत्रमा लागेको बताउछन् । ‘के पाएँ, के गुमाएँ भन्दापनि देश र समाजलाई केहि दिन सक्छु कि भनेर गीत-संगीतमा लागेकी हुँ’ शाहले अनलाइन डबलीसँग भनिन् ।
चितवनको माडीमा जन्मेकी शाह स्कूल पढ्दादेखि नै विभिन्न कार्यक्रममा सहभागी हुने गर्थिन् । सानैदेखि गीत-संगीतमा रुची राख्ने शाह २०६२ मा नेपाली लोक ताराबाट छानिएपछि भने गीत-संगीतमा प्रवेश गरेकी हुन् । शाहले २०६५ कात्तिक २४ रेडियो नेपालमा स्वर परीक्षामा पास भएकी थिइन् । उनको पहिलो एल्बम ‘हेरी रमाइलो पोखरा फेवाताल’ २०६५ बजारमा आएको हो । यो एल्बमले उनलाई यो क्षेत्रमा अगाडि बढ्न थप प्रेरणा दियो ।
भुमिका लोक र आधुनिक दुबै विधाका गीतमा स्वर दिएकी मात्र छैनन् शब्द,लय र संगीत पनि दिएकी छन् । पठाउनेछु पत्र लेखेर, जोवानको धनी, हाइ य बुडा, धरहरा बनाउन जाउलगायत ५० भन्दा बढी गीतहरुले स्रोता र दर्शकको मन छुन सफल भएका छन् । उनले गाएका भमरा झैं डुली हिड्ने, ढल्केर नाच्न मन लाग्यो लगायत आधुनिक गीत पनि त्यतिकै रुचाइएका गीत हुन् ।

भुमिका गीत-संगीत क्षेत्रबाट सन्तुष्ट रहेको तर नेपाली गीत-संगीतमा केही विकृति मौलाइरहेको हुँदा चिन्ता लागेको बताउँछन् । ‘नेपाली गीत–संगीले नेपाली पहिचान झल्काउँदै कला-संस्कृतिको जगेर्ना गर्नुपर्छ तर पछिल्ला दिनहरुमा नेपाली पहिचान नै मेटाउने गरी केही विकृतिहरु मौलाइरहेका छन्,यो रोकिएन भने हाम्रो मौलिकता र नेपालीपन नै गुम्ने हो की भन्ने चिन्ता लाग्न थालेको छ’ उनले भनिन् ।
दर्शक-स्रोतहरुले पनि केही क्षणको मनोरञ्जनलाई भन्दापनि गीतले दिएको सन्देशलाई मनन् गर्नपर्ने भन्ने भुमिकको धारणा छ । चर्चामा आउनै लागि नेपालीपन नै गुम्नेगरी गीत गाउन नहुने उनले बताइन् । ‘पहिला हाम्रो देश हो त्यसपछि हामी हौँ, हाम्रो देश
रहन नेपाली पहिचान, कला संस्कृति बच्नुपर्छ, यो हाम्रो राष्ट्रियता पनि हो’ भुमिकाले अनलाइन डबलीसँगको कुराकानीमा भनिन् । नयाँको नाममा नेपाली मौलिकतामाथि धावा बोल्ने गरी मौलिरहेका विकृतिलाई बढार्नुपर्ने उनको भनाई छ । ‘पहिला कलाकारहरुले आफूले देश-समाजलाई के दिए भनेर मनन् गर्नु पर्ने र त्यसपछि मात्र के पाएँ भन्नेबारै सोँच्नुपर्छ’ उनले भनिन् ।
भुमिकाका गीतले कुनै न कुनै सन्देश बोकेका हुन्छन् । गीतमार्फत नेपाली युवाहरु विदेशीनुको बाध्यताका कारण र समाधनबारे पनि उनका गीतले बालेका छन् । देश निर्णमाको लागि युवा शक्तिलाई एक जुट भएर उठ्न आह्वान समेत उनका गीतले गरेका छन् । यतिमात्र होइन उनका गीतले प्राकृति सुन्दरतालाई लुकाउन कस्मेटिकको प्रयोग गर्ने युवतीलाई पनि ब्यांग्य गरेको छ ।
एक दशक लामो यात्रामा भुमिकाका गीत यथार्थता, मनोरञ्जन र जागरणको संगम हुन् । उनले गाएका गीतले नेपाली समाजको यथार्थतालाई झल्काएको छ । आफ्नो पहिचानको सीमाभित्र रहेर मनोरञ्जन दिएका छन् र देश र जनताको लागि केही त्याग गर्नुपर्छ भन्ने सन्देश बोकेका छन् । उनका गीतहरु यूट्युव च्यानलहरुमा भेटिन्छन् ।
कलाकार केवल मनोरञ्जन दिने साधनमात्र नभएर समाज रुपान्तरणका अभियान्ता पनि हुन भन्ने धारणा राख्ने भुमिकाले आफ्नै नामको फाउन्डेसन खोलेर सक्रिय रुपमा लागिरहेकी छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget