Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आगलागीबाट २ लाख ५० हजार बराबरको क्षति


सिरहा, पुस १८ गते।
सिरहाको  लहान-२२ बस्ने रामचन्द्र चौधरीको ग्वालीमा आइतबार आगलागी भएको छ। राती १० बजेतिर ग्वालीमा बालेको  घुरबाट अचानक सल्केको आगोले ग्वाली पूर्ण रुपमा जलेर नष्ट भएको छ भने १ वटा गोरु, १ वटा बाछा, र १ वटा बाख्रा, जलेर मरेका छन्। आगलागीमा अन्य चार चौपाय घाइते भएका छन्। आगलागीबाट अन्दाजी  २ लाख ५० हजार बराबरको क्षति भएको  बताइएको छ। आगलागी इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको प्रयासमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।यता सुनसरीको सोनापुर-३ स्थित अरियन्त मल्टी फाईबर जुटमिलमा आज विहान  आगलागी भएको छ। विहान २;३० बजेतिर मेसिनको तेल चुहन गई आगलागी भएको हो। आगलागी ईनरुवा र ईटहरीकोबाट आएको  दमकल, प्रहरी र स्थानिय मानिसहरुको प्रयासमा विहान ४ बजे नियन्त्रणमा लिएको छ भने आगलागीबाट भएको क्षतिको विवरण संकलन कार्य भइरहेको  इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget