Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अधुरो प्रेम

                                     
                                                       ~सूचना घिमिरे~

सुरु त्यहाँबाट हुन्छ जहाँ कुनै सुरुवातको सम्भावना थिएन, केही थिएन तर उनीहरु धेरै कुरा भएर पनि केही नभएको झैँ नदीका दुई किनारमा बगर बनेर बसेका थिए । आजसम्म उनीहरुको भेट भएको थिएन, तैपनि दिनका हरेक पलमा भेटघाट हुन्थ्यो शब्दका लहरहरुमार्फत । भन्न बाँकी केही थिएन चिन्न बाँकि केही थिएन,एक अर्काको अघि किताबका पाना झैँ पल्टाएका थिए । आफ्ना मनमनले मनलाई चिन्न बाँकी थिएन तर पनि अन्जान नै थिए उनीहरु यो समाजको परिभाषाबाट केलाउँदा । न कैले भेटेको छ न कैले देखेको छ, दिन भर च्याट गर्दैमा कसरी चिन्न सकिन्छ कसैलाई ।

आज अचानक प्रेमले भन्यो रु म तिमीलाई माया गर्न अनुमति चाहन्छु रु गर न त माया गर्न कसले रोक्या छ र रु भन्दै जिस्केको माइली पठाइ उसले पनि । तर प्रेम गम्भीर थियो, रु म अब तिमीसँग साथीको यो सम्बन्ध अघि बढाउन सक्दिन, तिमी मेरी बन या त सधैंका लागि मलाई बिर्सिदेउ, प्रेम नाम गरेको एउटा केटा थियो भन्ने कुरा नै भुलिदेउ रु

प्रेमको कुरा सुनेर उसको सातोपुत्लो उड्यो । मनको घाँटी थिचेर कसैले मार्न लागे झैँ गरी उसको मन निसास्सियो । प्रेमका शब्दहरु काँडा बनेर उसलाई घोच्न थाले । बल्लतल्ल उसका शब्द निस्किए र प्रश्न गरे प्रेमलाई रु के हामी बेस्ट फ्रेण्ड भएर यसरी नै रहदाँ हुन रु प्रेमले यो असम्भव छ, तिमी मेरी बन वा सधैंका लागि बाई भन, तिमी स्वीकार्छौ भने मलाई मिस्कल गर, यदि तिम्रो मिस्कल आएन भने यो कुराकानी नै हामी बीचको अन्तिम कुराकानी हुनेछ, गुडबाई ।

सुन न भन्दाभन्दै उ अफलाइन गइसक्छ । एक्कासि यस्तो प्रस्ताव राखेर नर्मनलाई आफ्ना कुरा राख्ने मौका नै नदिई अफलाइन गयो तर नर्मानको मनमा भने हरबखत अनलाइन बस्न थाल्यो । उसकै बारेमा सोचिरहन्थी, मनभरि उसकै कुराहरु खेलाइरहन्थी । उसका बातहरु बोझिला यादहरु बनेर मन थिचिरहन्थ्यो । प्रेमले भनेका कुराहरु दोहो¥याएर पढिरहन्थी ।

प्रेम दाजिर्लिङको एक हिन्दू परिवारमा जन्मेर, हुर्की बढेको थियो । सानैमा पिता गुमाएको भए पनि आमाले पिताको कमि महसुस हुन नदिइ हुर्काइ, बढाइ, पढाइ इन्जिनियरिङ गराएकी थिइन । यता म वीरगन्जको एक मुस्लिम परिवारकी छोरी । बेग्लै संस्कार, बेग्लै परिवेश उसले देखेको संसार र म बाँचिरहेको संसारमा आकास जमिनको अन्तर छ । यति धेरै असमानताका बीच कसरी सम्भव होला र हामो मिलन रु हाम्रो मिलन हामी दुई बीचको मिलन मात्र नभएर दुई धर्म दुई संस्कार, दुई संसारको संगम ।’

ओई किन टोलाइरहेकी तँ रु सामियाको स्वरले झसङग हुँदै सोचाइको भुँमरीबाट बाहिर निस्कन्छे नर्मान । भन न, आजकल के भएको छ तँलाई, क्लासमा नि टोलाइराको मात्र देख्छु रु मनमा कुराको भेल बग्छ नर्मानको तर आँखा भने मात्र टिल्पिलाउँछन । सामिया उसको हात समाएर क्यान्टिनको कुर्सीमा बसाउँदै, ल अब आरामसँग भन सबै कुरा । नर्मान प्रेम र उसँग भएका सारा कुरा बेलिविस्तार लगाउँछे ।

‘कतै तँ पनि प्रेमलाई प्रेम गर्न त थालिनस रु’ सामियाको प्रश्न सुनेर नर्मानलाई झर्को लाग्छ । सारा पिर पोखेर एक क्षणअघि शान्त तलाउ जस्तो भएको मनमा सामियाको प्रश्न ढुङगा बनेर खस्छ, तरङग ल्याइदिन्छ मनभरि । नर्मानका आँखाबाट बर्रर आँसु खस्छन । खसेका आँसुका थोपा सँगसँगै उसका ओठहरु बर्बराउँछन्, हो हो, म प्रेमलाई प्रेम गर्छु । म प्रेमलाई मात्र होइन आफ्नो देशलाई, आफ्नो संस्कारलाई, आफ्नो धर्मलाई, परिवारलाई पनि प्रेम गर्छु । यही कारणले म उसलाई चाहेर पनि वास्ता गर्न सक्दिन । मेरो बेवास्ताले उसको जिन्दगी बर्बाद हुँदैछ, ऊ हरेक दिन आँसुमा डुबेर बाँचिरहेछ । मेरो कारणले उसको भविष्य बर्बाद नहोस् भनेर उसका वर्तमानका खुसिहरु टुक्राटुक्रा भएको टुलुटुलु हेर्दैछु । चाहेर पनि म सक्दिन म उसका खुसीलाई बचाउन । उसलाई दुःखी बनाउनु मेरो चाहना होइन, बाध्यताले मेरो मनभित्रको प्रेम र भावनाहरु लुकाएर उसको प्रेमको अपमान गर्दैछु ।

नर्मानको आँसु, प्रेम र बाध्यता देखेर सामियाका आँखा पनि थाहै नपाइ रसाउन पुग्छन् । यति धेरै माया गर्दिरछेस हेर, आँट गरेर घरमा कुरा गर । सुरुमा रिसाउनु होला, झकिर्नुहोला हुँदै हुन्न भन्नु होला, एकपटक राम्रोसँग कुरा गरेर सम्झाएर त हेर तेरो बाबा समझदार हुनुहुन्छ तेरो खुसीका लागि पक्का पनि मान्नुहुन्छ । तर योभन्दा अगाडि प्रेमसँग कुरा गर, कति तड्पाउँछेस उसलाई है, लु अब आँसु पुछ, उठ घर जाम ।

बाटोभरि नर्मानको मन उडिरहन्छ, सायद उडेर प्रेम भएको ठाउँ पुग्न खोजिरहेछ । कैयौं दिन धुम्मिएर खुलेको आकाश जस्तो भएको उसको मनभरि नौला भावनाका चङगाहरुसँगै खुसीका टुक्राटुक्री बालहरु लुकामारी खेल्दैछन । मान्छेको मन कहिलेकाँही यति कमजोर भइदिन्छ कि के गर्न के नगर्न, कुन सही कुन गलत छुट्याउनै सक्दैनस बाटो आँखा अगाडि नै हुन्छ तर ठम्याउन सकिँदैन । आज सामियाका दुईचार शब्दले नर्मानको आँखाको पट्टी खोलियो, उसले आफ्नो भविष्यको बाटो, प्रेम प्राप्तिको बाटो देख्न थाल्छे । हुरिँदै कोठा पुगेर चुकुल लगाउँछे अनि झोला ओछयानमा फालेर प्रेमको नम्बरमा कल गर्छे एक रिङ जान्छ, दुई रिङ जान्छ, पहिलोपटक जीवनमा उसलाई रिङहरु यति लामा लाग्दैछन् । फोन उठेन, सायद बिजी होला, मेरो मिसकल देख्ने बितिकै अनलाइन आउनेछ । ऊ आफंैलाई सुनाउँछे । मनभरि फुट्न लागेको ज्वालामुखी जस्तो अटेसमटेस कुराको पोको छ तर सुनिदिने मान्छे नहुँदा भित्रभित्रै उम्लिरहन्छ उसको मन ।

प्रतिक्षका पलहरुले दिने छटपटी र जलन सहँदै दिनभर कुरिरहन्छे । अहँ, प्रेम अनलाइन आएन न त कलब्याक नै ग¥यो । झिसमिसे साँझपछि छाएको अँध्यारो नर्मानको मनमा पनि छाउँछ । आसाको सानो धिपधिपे दियोले मनको कुनामा अलि अलि उज्यालो दिए पनि उसले हिँड्न खोजेको बाटो स्पष्ट देखिन छाडेको छ । तैपनि आसाको दियो निभ्न दिँदैन उसको सोचले, पक्कै भाउ खोज्या होला, म अब कल गदिर्न हेर्छु कतिन्जेल यसरी बस्न सक्छ ।

दिनहरु बितिरहन्छन्, उसको प्रतीक्षा बितिरहेका दिनसँगै लम्बिँदै जान्छ । हरेक साँझ प्रतीक्षा असफल भएको सूचना लिएर आउँछ, रातभर अन्धकारले मौन साथ दिएर जान्छ । बिहान घामसँगै उसका आँखामा उदाउँछन् आसाका किरण अनि प्रतिक्षाको अर्को दिन । क्यालेन्डरतिर आँखा लान्छे, दुई हप्ता बितिसकेको देख्छे । कसरी बित्यो दुई हप्ता उसलाई केही याद छैन, आँखा र कान त खुल्लै थिए तर ऊ प्रेमको प्रतिक्षामा अन्धी र बहिरी जस्ती बनेकी थिई । यतिका दिन बितिसकेछन्, उसलाई भने केही थाहा छैन के के घटनाहरु घटे । प्रेममा मान्छे अन्धो हुन्छ भन्ने सुनेकी थिई तर आज आफैंले महसुस गरी । प्रेमले मान्छेलाई अन्धो मात्र होइन बहिरो पनि बनाउँदो रहेछ ।

बितिसकेका दिन सम्झेर छटपटिँदै प्रेमलाई कल गर्छे, धेरैवटा कल पछि फोन उठ्छ । उताबाट मलिन स्वरमा प्रेमकी आमा बोल्नुहुन्छ रु हेलो, को बोल्नुभयो रु आन्टी, म नर्मान, प्रेम छैन प्रेमलाई फोन दिनु न रु उताबाट रोएको आवाज आउँछ । आन्टी के भयो रु किन रुनु भको रु प्रेम ठिक त छ रु भक्कानिँदै, २० दिन भयो प्रेम गयो उसको बाबुले झैँ मलाई एक्लो बेसहारा रु नर्मानले बाँकी कुरा सुन्नै सकिन, फोन सँगसँगै उसको मन पनि भुँइमा पछारियो । आँखाबाट भेल बनेर पीडा बगिरह्यो । पछिसम्म कोठामा एक्लै हुँदा प्रेमले पठाएका शब्दहरु पढेर रुन छाडिन उसले ।

समय बित्दै जाँदा आँसुले उसको साथ दिन छाडे, आँसुहरु झर्न छाडे तर फूलबाट हराएको सुगन्ध झैँ नर्मानको मनबाट हराएको खुसी फर्किएन । सायद, प्रेम नर्मानको जीवनमा खुसीलाई जीवित राख्ने अमृत झैँ बन्न पुगेको थियो । अमृत हराएपछि उसका हाँसोहरु क्षणिक बन्न पुगे, फिस्स हाँसेर छिनमै बिलाइहाल्थे । प्रेमले आफ्नो मन नर्मानलाई छाडेर गयो, उसले पनि आफ्नो मन प्रेमलाई दिएकी थिइ तर मनको भित्ताभरि टाँसिंएका प्रेमका तस्विरलाई चिहाउने मौका दिइन । बोझ बनेको छ उसको एक गल्ती अनि प्रेमसँगको एक गुनासो । प्रेमले उसलाई प्रेम गर्न सिकायो तर प्रेमकथा भने अधुरै छाडेर गयो, कहिल्यै नफर्किने गरी ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget