Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

"म ब्राह्मण हुँ"


                                                                           सविता भण्डारी 
सुर्यको किरण भन्दा पहिले
पुजाकोठामा बा'ले बजाएको घण्टीले ब्युताउथ्यो
गायत्री मन्त्र संग सुरु भएको दिनचर्या
साँझमा सल्किएको दियो संगै जुनको गोधमा विसर्जन हुन्थ्यो,
फेरि बा'ले उठ भनी संकेत
नदिउञ्जेलका लागि...

मैले सिक्नै पर्ने थियो,
पुजा आरधना
रीतिरिवाज,मूल्यमान्यता
धेरथोर त सिकेर आएँ।
मैले नसिकेकी हैन,
जातिय विवेद
नदेखेकी हैन,
मेरो समाजको सामन्ती प्रथा
नभोगेकी हैन लैंगिक असमानता।
हो म ब्राह्मण हुँ
तर
म भित्र छ मानवता
म भित्र छ हौसला
मेरि आमाले दिएको संस्कार छ
म भित्र
मेरा बा'का वचनमा पाएका विश्वासका
वाणहरु छन् म भित्र
जसले दिएनन् दलितको दर्जा छुट्याउन
क्षत्रीय भनेर औँला उठाउन
अनि "तँ" तल्लो भनेर
आफ्नो नाक ठड्याउन।
कसरी उभिन सक्छु म
समाजको बन्धक भएर
कसरी मास्न सक्छु म
गुरुप्रती आफैंले रोपेका
सम्मानका फूलहरु
कसरी भाग्न सक्छु म
मेरा हितैसी संगका प्राण प्रिय वचन देखि
मैले कहिलै बुझिन,
के हो जात?
मैले त्यही जरुवाको पानी पिएँ
जहाँ तल्लो भनिएकाहरुले पिएका थिए
म त्यही बाटो हिँडे
जहाँ दलित भनिएकाको पैतालाले कुल्चिएथ्यो
म त्यहिँ सपनामा हराएँ
जुन हेपिएका देखि
शोषक सामन्ती सम्मले देखेका छन्
एउटा सुन्दर भविष्यको सपना।।
हो म ब्राह्मण हुँ
तर युग फेरिए पछि जन्मिएकी
समानता र एकताको शिक्षा लिएकी
समाजले लाएको सिमाना मिच्दै
जातिय विवेदलाई चुनौती दिने
हो म ब्राह्मण हुँ
मानवता विरुद्धको
आफ्नै परम्परालाई दागबत्ती दिने।।।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget