
सुनिल चौधरी
२९ मंसिर,मोरंग । थारु पत्रकार संघ नेपाल केन्द्रिय कार्यसमितिले तराईको २६ वटा जिल्लामा आफनो शाखा बिस्तार गर्ने क्रम्मा पुर्वको मोरंग जिल्लामा बुधवार शाखा गठन गरेको छ । संघका केन्द्रिय कोषाध्यक्ष शैलेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा एल.एन गच्छदारलाई अध्यक्ष पदमा सर्वसहमतिले चयन गर्दै सात सदस्य समिति रहनेगरी मोरंग शाखा गठन गरेको हो ।
नेपाल पत्रकार महाँ संघ शाखा बिराटनगरको सभाहलमा गठन भएको नयाँ कार्य समितिमा उपाध्यक्ष मिना बिश्वास,कोषाध्यक्ष संजु चौधरी,सचिव सुरुजकला माझि,सह सचिव आरती चौधरी,सदस्यमा रमेश चौधरी र कल्पना चौधरी रहेका छन् । सल्लाहकारमा प्रदिप भगत,देवराज चौधरी,कल्पना चौधरी,निरा भगत र जागेश्वर बिश्वास रहनु भयो ।
थारु कल्यानकारीणी सभा मोरंगका अध्यक्ष प्रदिप भगतको सापतित्वमा भएको कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष चौधरीले संघ गठनको उधेश्य बताउदै शाखा बिस्तारले थारु पत्रकार एउटै छातामुनि रहेर पत्रकारीता गर्दा थारुको माग मुद्धामा बलपुग्ने बताए । केन्द्रले तराईको २६ वटै जिल्लामा गठन गर्ने अभियान चलाएको समेत चौधरीले बताए ।
नेपाल पत्रकार महाँ संघ शाखा मोरंग जिल्लामा एक सय अठाईस जना पत्रकारहरुको सदस्यता रहेको छ तर बिभिन्न मिडिया हाउसमा आठ बर्ष देखि कार्यरत रहेका एक दर्जन थारु पत्रकार कसैलेपनि साधारण सदस्य समेत लिन सकेको छैन् । थारु पत्रकारलाई बेचेर मिडिया हाउस चलाई रहेको छ तर मिडिया मालिकले पहलमा चासो नदेखाएको उपस्थित मधेशी पत्रकार संघ मोरंगका अध्यक्ष श्याम सुन्दरले बताए ।
बिभिन्न जिल्लामा शाखा बिस्तार भईरहेको अवस्थामा यसको सुरुवात गर्नुनै थारु समुदायकालागी उपलब्धि भएको भन्दै संघलाई निरन्तरतालागी उपस्थित अतिथिहरुले आबश्यक सहयोग गर्ने प्रतिबद्धता गरे । कार्यक्रममा थाकस केन्द्रिय पार्शद देवराज चौधरी,थाकस जिल्ला सचिव जागेश्वर बिश्वास ,थारु महिला सभा मोरंग अध्यक्ष कल्पना चौधरी, कानुन ब्यवसायी रिना भगत लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो भने सुनसरी जिल्ला शाखाबाट अध्यक्ष कुलदिप चौधरी,सचिव सुनिल चौधरी,सदस्य कमला चौधरी,सल्लाहकार धिरेन्द्र चौधरीको उपस्थिती रहेको थियो ।



Post a Comment