Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

गोयलद्धारा न्यानो कपडा वितरण



विराटनगर  मंसिर   ३०  विराटनगर–३ स्थित शंकरपुर प्राविका विद्यार्थीलाई समाजसेवी तथा उधोगी दिनबन्धु गोयलले न्यानो कपडा वितरण गरेका छन् । 

गरिब तथा विपन्न वर्गका बालबालिका पढने सो विद्यालयका करिब ५२ जना बालबालिकालाई स्वीटर, टोपी र बिस्कुट वितरण गरिएको छ । आफना भाई ओमप्रकाश गोयलको सम्झनामा उनले उक्त साम्रगी वितरण गरेका हुन् । गोयलले हरेक वर्ष जाडोमा  विभिन्न क्षेत्रका विद्यालयमा गएर बालबालिकाहरुलाई लुगा तथा शैक्षिक साम्रगी गर्दै आएका छन् । वितरण कार्यक्रममा बोल्दै गोयलले आफनो सानो सहयोगले बालबालिकाको पढाईमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

भविष्यमा पनि यस्तो खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै विद्यालयमा अध्ययनरत बालबालिकालाई १ दिनको पिकनिकको लागी रमाइलो गर्न खानेकुराको व्यवस्था गरिदिने घोषणा गरे । कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक दुर्गा पोखरेलले पनि बोल्नु भएको थियो । कार्यक्रमको संचालन विधालयकी शिक्षिका रेखा पराजुलीले गरेकी थिईन् ।   

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget