Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

‘रातो सूर्य’ फिल्ममा केपी ओली नायक ! पारिश्रमिक दिएर अभिनय गराइने

२९ मंसिर, काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि चलचित्र बन्ने भएको छ । ‘रातो सूर्य’ नाम राखिएको चलचित्रमा ओली आफैंले पनि नायकको भूमिका निर्वाह गर्ने भएका छन् ।
दिपेन्द्र प्रसाद दाहालको निर्देशनमा बन्ने उक्त चलचित्रमा ओलीको बाल्यकालदेखि ६५ वर्षको अवधिलाई प्रस्तुत गरिने छ । निर्देशक दहालका अनुसार ओलीको १६ देखि ४५ वर्षको उमेरसम्मको भूमिका कलाकार अनुपम शर्माले निर्वाह गर्ने भएका छन् ।
४५ वर्षदेखि ६५ वर्षसम्मको भुमिकामा भने ओली आफैं देखिने भएका छन् । त्यसवाफत् ओलीलाई पारिश्रमिक समेत दिइने निर्देशक दाहालले अनलाइनखबरलाई बताए ।
दाहाल र शर्माले बिगत पाँच वर्षदेखि ओलीको रहन सहन, लवजवारे अध्ययन गरेको बताए । ‘हामीले पाँच वर्षदेखि उहाँको वारेमा अध्ययन गरिरहेका छौं ४५ वर्षको उमेरसम्मको अभिनय अनुपमजीले गर्नुहुन्छ,’ दाहालले भने ।
निर्देशक दाहालको भनाई अनुसार ओलीले १० दिन सुटिङ गर्नुपर्ने छ । उनको सबै सुटिङ काठमाडौंमै हुने छ । ‘१० दिन सुटिङको लागि ओलीसँग समय मागेको जानकारी दिँदै दाहालले ओलीले सकारात्मक प्रतिक्रिया दिएको बताए ।
झापाको सुखानी काण्डमाथी ‘सुखानी’, बीपी कोईराला माथी वृत्तचित्र, फिचर फिल्म ‘रिलेशन’लगायत बनाएका दाहालले ओली अभिनित चलचित्रले राष्ट्रलाई एकतामा बाध्न भूमिका खेल्ने बताए । ‘यो केबल ब्यक्ति प्रशंसाको लागि मात्रै हैन, राष्ट्रलाई कसरी एकतामा बाँध्न सकिन्छ भन्ने सन्देश पनि चलचित्रले दिने छ,’ उनले भने ।
प्रस्ताव सुनेर ओली हाँसे
१८ महिना अघि ओली प्रधानमन्त्री भएकै बेला गुण सिनेमा हलमा चलचित्र ‘सुखानी’को विषेश सो राखिएको थियो । कार्यक्रममा अतिथी थिए ओली ।
चलचित्र सुरु हुनै लाग्दा दाहालले ओलीलाई प्रस्ताव राखे, ‘म तपाईमाथी फिल्म बनाउदै छु । तपाईले अभिनय गर्नुपर्छ ।’
यो सुनेर ओली हाँसे मात्रै कुनै जवाफ दिएनन् । दाहाल भन्छन्, ‘उहाँ हाँस्नु भो तर, हुन्छ हुन्न केही भन्नु भएन । त्यसपछि पनि उहाँको रहन सहनवारे अनुसन्धान गर्दै गरिरहे र मंगलवार मुहुर्त कार्यक्रममा फेरि प्रस्ताव राखें ‘तपाईले अभिनयमा समय दिनुपर्छ ।’
ओली यसपटक पनि उसैगरी हाँसे । दाहाल भन्छन्, ‘उहाँ हाँस्नु भयो मात्रै ।’
पारिश्रमिक दिन्छौं
ओलीलाई पारिश्रमिक दिएर अभिनय गराउने योजना छ दाहालको । तर, कति पारिश्रमिक दिने हो उल्लेख गर्न चाहेनन् उनले । ‘कति पैसा भन्ने कुरो नखोलौं तर, हामी कुनै कलाकारलाई पनि विना पारिश्रमिक काम गराउदैनौं, ओलीका लागि पनि हामीले पारिश्रमिक छुट्याएका छौं ।’
आठराईबाट सुटिङ सुरु
आठराईबाट चलचित्रको सुटिङ सुरु हुने छ भने त्यसपछि झापा, रौतहट र मकवानपुरको थाहा नगरपालिकामा सुटिङ हुने छ । रुपचन्द्र विष्टसँग ओलीको संगत भएकाले थाह नगरपालिकामा अलि बढी सुटिङ हुने दाहालले बताए । जेल बस्दाको अवधिको दृष्य भने सेट लगाएर गर्ने योजना छ । ‘जेल काठमाडौंमा बनाउने कि झापामा हामी छलफलमा छौं,’ दाहालले भने ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget