Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मिस विराटनगरको पहिलो अडिसन सम्पन्न

१८ मंसिर, विराटनगर/ युवतीहरुमा भएको प्रतिभाको प्रस्टफुटन गराउने उद्देस्यले आयोजना गर्न लागिएको मिस विराटनगर–२०१७ को पहिलो अडिसन आज शनिबार विराटनगरमा सम्पन्न भएको छ ।img_8880-copy
अंग्रेजी महिनाको नयाँ वर्षको २०१७ को अवसर पारेर विराटनगरमा मिस विराटनगर पहिलो पटक आयोजना भएको हो ।
विराटनगर ४ मा रहेकोे एक्टिभ ईन्टरनेशनल मिडीयाको आयोजना तथा लक्ष्य ईम्पोरियम विराटनगरको सहकार्यमा गर्न लागिएको हो ।img_8877
सौर्दय प्रतियोगिताको अडिसनको निर्णायकहरुमा व्यूटीसियन चन्द्रकला राई , युवा व्यावसायी विक्रम गुप्ता, नृत्य निर्देशक संन्जीव सहनी (ज्याक), एक्टीभ मिडीयाकी निर्देशक आभा अनुपमा रहेको कार्यक्रम संयोजक अमित गुप्ताले जानकारी दिए ।
विराटनगर लगायत आसपासका छिमेकी गाविसका कक्षा १० देखि स्नातक तह सम्मका १८ देखि २५ बर्ष उमेर समूहका अविवाहित किशोरीहरुले सहभागि हुन पाउने छन् ।
किशोरीहरुलाई ट्रेनिङ अवधी भर व्यक्तित्व विकास, भाषण कला, पहिरान, आउड डोर फोटो सुट गर्नुको साथै प्रतिभा उजार गर्ने मुख्य उद्देश्य रहेको छ । साथै ट्रेनिङको संयोजन एम.एम प्रोडक्शनकी भिजे रिता कटेलले गर्ने भएकी छिन् ।
विजेताले नगद १ लाख १ हजार प्राप्त गर्ने छन् भने फस्ट रनरअपले नगद ५१ हजार र सेकेन्ड रनरअपले २५ हजार रुपैयाँ तथा गिफ्त ह्याम्पर हात पार्ने छन् ।
मिस विराटनगरको दोस्रो अडिसन मंसिर २५ गते विराटनगरमा हुने आयोजकले जनाएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget