Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

डा. केसीको अनशन २२ औं दिनमा तोडियो


काठमाडौं, मंसिर १९ – डा. गोविन्द केसीको १० औँ पटकको अनसन टुंगिएको छ । सिन्धुपाल्चोकका साढे २ वर्षका मार्सन तामाङले जुस खुवाएपछि डा. केसीले २२ औँ दिनमा अनशन तोड्नुभएको हो ।
उहाँले आइतबार बिहान ११ बजे अनशन तोड्नु भएको हो । अनशन तोडेपछि डा. केसीले आफू व्यक्तिका लागि नभइ संस्थाका लागि लडेको बताउनुभयो । त्यसअघि सरकार र डाक्टर केसीका प्रतिनिधिबिच १२ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
सरकारसँगको सहमतिमा त्रिवि र प्रतिष्ठानको संरचना परिवर्तन गर्न र पदाधिकारी नियुक्तिको कानुन बनाउन १५ दिनभित्र उच्चस्तरीय समिति बनाउने, एमबिबिएसको शूल्क काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार र बिडिएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ कायम गर्ने, दुर्गम र सरकारी विद्यालयमा अध्ययन गरेका विपन्नका लागि छात्रवृत्ति थप सुनिश्चित गर्ने, चिकित्साशिक्षा विधेयकमा संशोधनयोग्य विषय व्यवस्थापिका संसदबाटै सम्बोधन गर्ने लगायत छन् ।
डा. केसीको माग सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयले आइओएमको डिनमा वरिष्ठताका आधारमा शनिबार डा. जगदीशप्रसाद अग्रवाललाई नियुक्त गरेको थियो । शनिबार दिनभर भएको वार्तापछि राति डा. केसीको मागमा सहमति भएको हो ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget