Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नागरिक समाजवादी पार्टीद्वारा आन्दोलनको घोषणा


विराटनगर, मंसिर १८ गते । राज्य पुनसंरचनाको तथा श्रोत बाँडफाट आयोगको प्रतिवेदनले सिफारिस गरेको तराईमा दुई प्रदेशको सुनिश्चिततालगायतका माग राख्दै नागरिक समाजवादी पार्टीले आन्दोलनका विभिन्न कार्यक्रम अगाडि सारेको छ ।
पार्टीका केन्द्रीय संयोजक राजकुमार लेखीले आज विराटनगरमा पत्रकार सम्मेलनका आयोजना गर्दै टिकापुर घटनाका निर्दोष बन्दीहरुको रिहाई, जातीय जनसंख्याको आधारमा राज्यको हरेक तह र तप्कामा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितताको माग गरिएको छ । तराईमा थारु भाषालाई सरकारी कामकाजको भाषा घोषणा गरिनुपर्ने समेत माग गर्दै पौष ६ गते तराई थरुहटमा चक्काजामको आयोजना गर्ने जनाएको छ ।
संयोजक लेखीद्वारा हस्ताक्षरित विज्ञप्तिमा मंसिर २० गतेदेखि २६ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, पौष ५ गते मंगलबार टोल, गाउँ र चोकमा मसाल जुलुश प्रदर्शन गर्ने र पुष ६ गते थरुहट तराईमा चक्काजाम गर्ने जनाइएको छ ।
         
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget