Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मेरो अंग हेर्नेलाई मज्जा आउँछ : ज्योति मगर



विराटनगर , १ पुस । उही मुलाको सिन्की, उही मुलाको चाना, जालमा पारे काँ पाउला उम्किएर जान, ढाडे बिरालो बोलको गीतमा गरेको हट अभिनय किन नहोस् । यस्ता चर्चित कार्यको चर्चित पात्रको कथा अरु कसैको होईन ज्योति मगर बाहेक ।
निक्कै उत्ताउला गीत र अभिनय गरेर दुनियाँ आफै तिर तान्न सफल गायिका ज्योती मगरको जन्म २०४६ बैशाख २९ गते रोल्पा जिल्लाको नुबागाउँ वडानं. ५ डिल्लीराज मगर र अम्मी मगरको खोखबाट भएको हो । तिन सन्तान मध्येमा ज्योति दोस्रो सन्तानको रुपमा यस धर्तिमा जन्म लिएकी हुन् ।
गाउँको मध्यबर्गिय परिवारमा जन्मीएकी ज्योति मगरको वाल्यकाल खासै उतार चढाव रहेन । ५ बर्षको सानै उमेरमा अध्ययन गर्ने मौका मिल्यो । करिव पाँच मिनेट समयको बाटो लाग्ने तत्कालीन अरनिको बिद्यालयमा उनका ठुलोबुबा र काका वीरेन्द्र सोही स्कुलका शिक्षक भएकाले झनै उनलाई अध्ययन गर्न सजिलो भयो । बिहानको खाना खाएर विद्यालय गयो र छुटी भएपछि घर फर्किएर आमालाई घर धन्दाको काममा सहयोग गर्ने ज्योतिको दैनिकी थियो । सूरुदेखि नै पढाईमा अब्बल कक्षामा पहिलो र दोस्रो हुने बिधार्थी हुन । टीकाराम भन्ने केटा पहिलो हुँदा आफु दोस्रो हुने र आफु पहिलो हुँदा उ दोस्रो भएको पुरानो याद अझै ज्योतिको मानसपटलमा ताजा छ ।
ज्योतिको परिवारको मुख्य पेशा भनेको नै कृषि थियो । त्यसको अलवा बंगुर, गाई भैसि पालन त हुने नै भयो । सानो छदाँ दिदीसँग झगडा चाँही पर्थो रे । त्यस्तै २०५९ सालमा अरनिको विद्यालयबाट कक्षा ८ पास गरेकी ज्योतिको विडम्बना भन्नु पर्छ औपचारीक अध्ययन माथि पुर्ण विराम लाग्यो । त्यो चिन्ह लाग्नुको कारण अरु केही थिएन तात्कालीन माओवादी यूद्ध बाहेक । उत्सर्गमा पुग्दै गरेको माओवादी यूद्धको राकोमा गाउँ बस्तीहरू जल्दै थिए ।
केही समयको अन्तराल पछि ज्योतिको जीवनमा परिवर्तनको मुल देखिन थाले । थप अध्ययनका लागि साथीहरूसँगै दाङ्ग जाने निधो गरेछन् । यद्यपि एक दिन एकरात ज्योेति माओवादीको लडाकुसँग बिताएको सत्य हो ।
त्यो सिविरबाट अलग भएर भोलीपल्ट घोराही लागिन् । उसो त त्यहाँको विद्यालयमा पढ्न पनि निक्कै पापड मोल्नु पर्ने भयो । जम्मा दुईवटामात्रै सरकारी विद्यालय थिए । त्यतिबेला घोराहीमा । भर्ना हुन ज्योति तत्कालीन श्री रझेना मावि पुगिन् । त्यस पछि कक्षा आठ पास गरेको शैक्षिक प्रमाणपत्र ल्याउनु पर्नेदेखि अनेक झमेला आईलाग्यो ।
‘ जोसँग जुन चिज राम्रो छ, त्यो देखाउने हो, नहुनेले बिरोध गर्छन्,
त्यो झमेला ज्योतिको लागि सहज सावित भएन । तर पढ्ने धोको विसाएर सहायक प्राधानाध्यापक पुरुषोतम खनालसँग आग्रह गरेपछि कक्षा नौ मा भर्ना भएकी ज्योति विद्यायल स्तरिय सास्कृतिक कार्यक्रममा भाग लिन थालिन् ।
मनग्य पुरस्कार जित्न सफल ज्योति २०६३ मा रझेना मावि बाटै दोस्रो श्रेणिमा एसएलसि पास गर्न सफल भईन । उनलाई लागेको थियो रे, परिक्षा सकिदा वित्तिकै पास हुन्छु भन्ने । बाआमाको सपना पढेर ज्योतिले जागिर खाएको देख्ने । तर रिजल्ट आउने समयसम्म काठमाण्डौ आएर स्वर परिक्षण गर्ने सपना ज्योतिको रहेछ । जे होस् बाआमालाई मनाएर काठमाडौं आउनेमा पुगेकी ज्योति जे पर्छ त्यहि टर्छ भन्ने मान्यता बोक्ने गायिका हुन । साथीहरू शर्मिला पुन र शर्मिला मगरसँग गीत रेकर्ड गराउन र ज्योतिले जे पर्छ, त्यहि गरिन्छ भनेर २०६३ जेठ १५ गते काठमाडौ हानिए भन्छिन् ।
त्यो पललाई सम्झीदा गोविन्दमधुर आचार्य ज्योति लगायत साथीहरूलाईन लिन नयाँ बषपार्क पुगेका थिए । आचार्यको साथमा सुरुकै दिन जमलको सोल्टिनी रोधि घर पुगिन् । संयोग के थियो भने, तलब र सुविधाको विषयमा विवाध परेका कारण त्यस दिन गायिकाहरू काममा आएका रहेनछन् । त्यहि मौकामा ज्योतीले आफ्नो कला गला त्यहा पोख्ने मौका पाईन ।
त्यहि दिन २५० रुपैयाँ टिप्स पाएको स्मरण अझै छ ज्योतिमा । रमार्ईलो कुरा के भने पुराना गायिकालाई पाँचहजार तलव थियो भने ज्योतिलाई पाँचहजार पाँचसय दिने भयो । यसरी सोल्टीनीमा करिब एक बर्ष काम गरिन् । त्यस पछि टुर्बोग अवार्ड जितिन । त्यस पछि ४ महिना सुन्धारा दोहोरिमा गाईन । कमलादीमा रहेको निरमाया रोधिमा सम्मान जनक पारिश्रमीक लिएर एक बर्ष भन्दा बढि काम गरेको अनुभव उनमा छ ।
उपत्यका बाहिर पनि उनले ननाचेको र नगाएको शहर कमै होलान् । यति मात्रै होईन नेपाल बाहेक डेढ दर्जन बढि मुलुकमा उनले प्रस्तुति दिसकेकि छिन् ।
गीत संगीतको कुरा गर्ने हो भने, मन किन टाढा भो ( २०६४) मायासँग (२०६५) उहीमुलाको सिन्की (२०६८) मलाई उत्ताउली नभन (२०६८) चौबन्दीमा.. (२०६८) जिम्मल वाउकी छोरी (२०७०) पिरतिमा दमछ (२०७१) मत नाच्ने हो छोटो सारीमा (२०७२) भोड्का खोई २०७३ लगायत उनका धेरै गीतहरूले बजारमा एकछत्र राज गरेका छन् ।
यि बाहेक ज्योतिले ६ दर्जन बढि गीतमा आवाज दिसकेकी ज्योति पछिल्लो समयकी हट मोडल पनि हुन । त्यसो त खानपीन र पोसाखमा अरु भन्दा पृथक देखिने ज्योतिको प्रेम र विवाह सम्बन्धी धारणा फरकै छ ।
लवाई र अभिनय अलि छाडा भयो भन्ने प्रश्नको जवाफमा उनि भन्छिन्,‘ जोसँग जुन चिज राम्रो छ, त्यो देखाउने हो, नहुनेले के देखाउने, नहुनेले बिरोध गर्छन्, एक त मेरो सानै देखिको पोशाखनै यस्तै थियो, फेरी मेरो अंग हेरेर मज्जा लिनेहरू धेरै छन्, विवाह चार पाँच बर्ष अझै हुँदैन ।’
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget