Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने


चितवन पुस १
नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ ।पुस ७ गतेदेखि सडक स्तरोन्नति र मर्मतका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोकेर काम गरिने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिनुभयो । सडक आयोजनाले दैनिक ८ घण्टा सवारी आवागमन रोक्न माग गरे पनि यात्रुको समस्यालाई ध्यानमा राखेर चार घण्टामात्र सवारी साधन रोक्ने अनुमति पाएको यादवले बताउनुभयो  ।

दशैं अघि पनि यो सडक दैनिक चार घण्टा बन्द गरिँदै आएको थियो । पुस ७ गतेबाट दुई घण्टा पहाड फोर्ने र दुई घण्टा सफा गर्ने काम हुने बताइएको छ ।सडक निर्माणका क्रममा काठमाडौंबाट आउने सवारी साधनहरु मुग्लिनमा रोकिने छन् भने नारायणगढतर्फ दासढुंगामा रोकिने छन् ।आयोजनाले त्यस अवधिमा सकभर वैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई अपील गरेको छ ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget