Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ढिलो तर राम्रो होस् भन्ने मेरो मान्यता : सुमी (जबसम्म…भिडियोसहित)

‘दिक्तेल बजार’ गीतमार्फत गायिकाका रुपमा चिनिएकी सुमी चाम्लिङ राईले एक वर्षअघि ‘जबसम्म…’ नामक ल्याइन् । त्यसपछि मौन बसेकी सुमीले केही दिनअघि आफ्नो एल्बमको शीर्ष गीतको म्युजिक भिडियो सार्वजिनक गरिन् । स्लोरक तथा पपशैलीको ‘जबसम्म…’ गीतसँगै भिडियो पनि श्रोता÷दर्शकले रुचाएको सुमी बताउँछिन् । उक्त गीतले गएको इमेज अवार्डमा उनलाई ‘बेस्ट पप सिंगर’ को अवार्डसमेत दिलाएको थियो । यिनै गायिका सुमीसँग गरिएको अन्र्तवार्ता ।
sumi 1
‘दिक्तेल बजार’पछि तपाईको हिट गीत कुन हो ?
त्यसपछि आएको ‘जबसम्म…’ नै मेरो हिट गीत हो । यो गीतले मलाई अवार्डसमेत दिलायो । तर, दिक्तेल बजार जतिचाहिँ हिट भएको छैन । भर्खरै म्युजिक भिडियो ल्याएकी छु । यसले पनि मलाई राम्रै गर्छ भन्ने आशा गरेकी छु ।
‘दिक्तेल बजार’ गीत हिट भयो, तर गीत तपाईले गाएको भन्ने थोरैलाई मात्र थाहा छ नि ?
हो, यो कुरा स्वीकार्छु । यसमा मेरो पनि कमजोरी छ । यस गीतबारेमा मलाई धेरै बोल्ने मन छैन किनकि, उक्त गीतको बारेमा अहिले बोलेर केही हुनेवाला छैन । म यतिमात्र भन्छु, यो गीतले अहिलका नेपाली सांगीतिक क्षेत्रका स्टारलाई एक समय राम्रै प्लेटफर्म दिएको थियो ।
‘जबसम्म..’ गीतको भिडियो किन यति ढिलो ल्याउनुभएको नि ?
काम गर्दै जाँदा यस्तै भयो । जब यो गीतबाट गएको इमेज अवार्डमा मैले ‘उत्कष्ट पप गायिका’को अवार्ड पाएँ, तब यस गीतको राम्रो म्यु्जिक भिडियो बनाउने सोच बनाएँ । त्यसैले यसअघि अरु नै गीतको भिडियो ल्याएँ । राम्रो काम गर्छुभन्दा ढिलै हुनेरै’छ । जेहोस्, ढिलै भए पनि भिडियो राम्रो बनेको छ । प्रतिक्रिया पनि राम्रै आइरहेको छ ।
यो कस्तो गीत हो ?
जबसम्म… स्लोरक शैलीको गीत हो । तर, मलाई यस गीतले पप गायिकाको अवार्ड दिलाएको छ । त्यसैले पप गीत पनि भन्न रुचाउँछु ।
हिजोआज के गर्दै हुनुहुन्छ ?
अहिले त यसै भिडियोको प्रमोसनमा छु । भर्खरैमात्र भिडियो रिलिज गरेको हुँ । यो गीतबाट मैले धेरै आशा गरेको छु । साथै, स्टेज कार्यक्रम र कलेक्शन एल्बमहरुमा पनि गाउँदै आएकी छु ।
सुमी चाम्लिङको अर्को एल्बम अब कहिले आउँछ ?
अहिले जबसम्म गीतलाई श्रोता तथा दर्शकको कानसम्म पु-याउने काम गर्दैछु । यससँगै नयाँ एल्बमका लागि पनि सोच्दैछु । काम ढिलै होस् बरु राम्रो होस् भन्ने मेरो मान्यता हो । यही मान्यतामा अडिग हुँदा भिडियो ल्याउन ढिलो भएको थियो । यस्तै, नयाँ एल्बम ल्याउन पनि केही ढिलै होला । तर, एल्बमका गीत राम्रै ल्याउने छु ।
गायनमा तपाईं रहरले कि मनले लाग्नुभएको हो ?
सुरुमा रहरले नै हो । सबैले गायनमा लागेर नाम कमाएको देखेपछि रहरले गायनमा लागेकी हुँ । तर, अहिले त मनैबाट गायनमा छु । एक कुसल गायिकाका रुपमा चिनिने मेरो लक्ष्य हो ।
गायनमा लागेपछि अहिलेसम्ममा पाएको उपलब्धी के हो ?
नाम पाएकी छु । यस क्षेत्रका दाम कमाउँछु भन्ने आशा थारै हुन्छ । गायनमा लागेपछि गायिका सुमी चाम्लिङ राई भनेर चिनिएकी छु । अरु क्षेत्रमा लागेको भए पैसा कमाउने थिएँ होला, यहाँ नाम पाएकी छु । म यसैमा सुन्तुष्टि पनि छु ।



Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget