Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ए कान्छी रे : अर्चनाको हट अवतार (भिडियो)

काठमाडौं, २५ कार्तिक । गायक तथा संगीतकार टंक बुढाथोकीको ‘ए कान्छी रे’ बोलको आइटम नम्बर सार्वजनिक भएको छ । टंकले स्वयम्ले लेखेको यो रोमान्टिक गीतको भिडियो अष्ट्रेलियालाई खिचिएको हो ।
archana
‘काली तिम्रो नजरैले’,‘घन्टी बज्यो’ बोलका हिट डान्सिङ नम्बर दिएका गायक बुढाथोकीले यो गीतलाई पनि फरक ढंगबाट गाएका छन् । स्वरमा उनलाई गायिका टिका प्रसाईले साथ दिएकी छन् । ‘संगीत भनेको मान्छेको रमाउने बहाना हो,’ गायक बुढाथोकीले भने, ‘त्यसैले म सधैं दर्शकलाई नचाउने र मनोरञ्जन गराउने खालको गीत बनाउन रुचाउँछु, यो गीतमार्फत पनि त्यही प्रयास गरेको छुँ ।’
टंक संगीतकार र म्युजिक एरेन्जर पनि हुन् । उनले गाउने गीतमा उनी आफै संगीत भर्छन् । ‘कान्छी रे’को संगीत पनि उनले नै गरेका हुन् । भन्छन्, ‘मलाई आफ्नै संगीतमा गाउँदा गीतलाई अझै न्याय गर्न सकिन्छ भन्ने लाग्छ ।’ उनले संगीत गरेको ‘तिमी बाटो फेरेउ अरे’ बोलको गीत दर्शकले निकै रुचाइरहेका छन् ।
अष्ट्रेलियामा रहेर म्युजिक भिडियोको निर्देशनमा सक्रिय देखिएका जीवन रसाईलीले ‘कान्छी रे’को भिडियो तयार पारेका हुन् । गीतको छायांकन र सम्पादन पनि उनले गरेका हुन् । गीतको भिडियोमा आइटम डान्सर अर्चना डेलाल र मोडल दीपक परियारले अभिनय गरेका छन् । कोरियोग्राफर सुसन योञ्जनले गीतमा उनीहरुलाई नचाएका छन् । अर्चनाको हट अवतार समेत भिडियोमा देख्न सकिन्छ ।



Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget