Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मागको सुनवाई नभए अनसन बस्ने तयारीमा डा. केसी


काठमाडौं, कात्तिक २८ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले दशौं अनसनको तयारी थाल्नुभएको छ । शनिबार दिएको अल्टिमेटम अनुसार आइतबार दिउँसो २ बजेसम्म पनि मागको सुनुवाई नभए अनसन थाल्ने उहाँको तयारी छ । 
चिकित्सा शिक्षाको सुधारको माग गर्दै नवौं पटकसम्म अनसन बसेपनि सुनुवाई नभएपछि दशौंपटक अनसन बस्ने तयारी गरेको उहाँले उज्यालोलाई बताउनुभयो । उहाँले यसपटक चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा वरिष्ठताका आधारमा डीन नियुक्ति हुनुपर्ने मागलाई मुख्य बनाउनुभएको छ ।
दिउँसो २ बजेसम्म आफ्नो मागको सुनुवाई गर्न उहाँले शनिबार २४ घण्टे अल्टिमेटम दिनुभएको थियो । संस्थानमा वरिष्ठताको साटो राजनीतिक आस्थाका आधारमा नियुक्तिको तयारी भइरहेको भन्दै डा. केसीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक तीर्थ खनियालाई पनि बर्खास्त गर्नुपर्ने माग गर्नुभएको छ ।
संस्थानमा लामो समयदेखि रिक्त डिनको पदपूर्ति नहुनु र सहायक डिनको समयावधि सकिँदासमेत त्रिवि गैरजिम्मेवार भएको बताउनुभएको छ । उहाँले निजी मेडिकल कलेजमा विद्यार्थीसँग धेरै शुल्क लिएर भर्ना भइरहेको भन्दै माथेमा प्रतिवेदन अनुसार शुल्क लागु गराउन पनि माग गर्नुभएको छ । 

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget