Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सोलिडारिटी कपको उपाधि जितेर फर्किएको राष्ट्रिय फुटबल टोलीलाई भव्य स्वागत


काठमाडौ,२ मंसिर । मलेसियामा सोलिडारिटी कपको उपाधि जितेर नेपाल फर्किएको राष्ट्रिय फुटबल टोलीलाई भव्य स्वागत गरिएको छ । राति पौने १० बजे फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई सयौंको संख्यामा उपस्थित समर्थकले स्वागत गरेका छन् । खेलाडीहरुलाई स्वागत गर्न खेलकुद मन्त्री दलजीत श्रीपाईली लगायत एन्फाका अधिकारीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए । खेलाडीको स्वागतमा एन्फाले राति नै र्याली समेत गरेको थियो । नेपाली सेनाको चारवटा ट्रकलाई फूलले सजाएर विमानस्थल लगिएको थियो । विमानस्थलबाट सुरु भएको र्याली गौशाला– बत्तिसपुतली– मैतीदेवी– पुतलीसडक– घण्टाघर–सहीद गेट–न्यूरोड– दरबार मार्ग– त्रिपुरेश्वर– थापाथली– कुपण्डोल– पुल्चोक– मंगलबजार– ग्वार्को हुँदै एन्फा कम्प्लेक्स सातदोबाटो पुगेको थियो । विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै सहायक प्रशिक्षक राजुकाजी शाक्यले सोलिडारिटी कप जितेसँगै नेपाली फुटबलमा नयाँ ट्रयाकको सुरुवात भएको बताउनुभएको छ । कप्तान विराज महर्जनले सबैको एकताको कारण आफुहरु च्याम्पियन बन्न सफल भएको बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget