
चलचित्र ‘पशुपति प्रसाद’ले दर्शकको निकै माया पायो । कलाकार विपिन कार्कीलाई यो चलचित्रले भष्मे डनको नयाँ परिचय दियो । ‘पशुपतिप्रसाद’ चलचित्रबाट रविन्द्रसिंह बाँनिया हनुमानजीको रुपमा परिचित बने ।
अहिले उनीहरु कार्तिक २६ देखि प्रर्दशनमा आउन लागेको नयाँ चलचित्र ‘जात्रा’ को प्रोमोशनमा व्यस्त छन् । तर, जब फ्यानले उनीहरुलाई भेट्छन् ‘पशुपतिप्रसाद’ चलचित्रमा कोहिसँग नडराउने भष्मे हनुमानजीसँग किन डराउँछन् ? भन्ने प्रश्न सोध्छन् ।
केहि दिन अघि ‘जात्रा’को प्रोमोशनका लागि फ्यानहरुमाँझ पुग्दा कलाकार विपिन कार्कीलाई यस्तै प्रश्न गरियो । उनले त्यसको गोप्यता खोल्दै भने -‘हनुमानजी डेन्जर छ, त्यसले हान्छ ।’ कथामामा यसलाई प्रष्ट नगरिएको भएपनि फ्ल्यास ब्याकमा भष्मे डनले पकेट मार्दै गर्दा हनुमानजीले घुम्नेगरि गधाले पिटेको दृश्य राख्ने कुरा भएको उनले बताएका छन् ।
तर, त्यो दृश्यको खासै आवश्यकता नभएको भन्दै खिचिएन । त्यसैले तपाईहरुको मनमा यो कौतुहलता कायम रह्यो, विपिनले आफ्ना फ्यानसँग भने ।
Post a Comment