मुद्रमा आउने सुनामीको बारेमा सुनिएकै हो, जुन निकै भयानक हुन्छ र धनजनको क्षति गर्दछ । तर समद्रमा सुनामी आउँदा पानीको छाल उर्लिएझैँ जब कहीँ बियरको सुनामी आउँछ तब स्थिति के होला ? साँच्ची पियक्कडहरुलाई त मालामाल होला, किनकी बियरको छालमा लहरिँदै सोमरस पान गर्न पाइने ।


हुनत बियरको सुनामी आउने कुरा कुनै बहुलठ्ठीपूर्ण कल्पना मात्रै लाग्नसक्छ तपाइँलाई । तर यो कुनै ठट्टा होइन । विश्वमा एउटा ठाउँ यस्तो छ जहाँ कुनैबेला बियरको भयंकर सुनामी आएर आसपासका क्षेत्र समेत तहसनहस पार्यो र १५ फिटसम्म अग्लो बियरकोे छालले केही व्यक्तिको ज्यान समेत लियो ।
यो बेलायतको घटना हो । सन् १८१४ को अक्टोबर १७ मा लण्डनको सडकहरुमा हेर्दाहेर्दै १५ फिट अग्लो बियरको छाल आयो । उक्त बियरको भयंकर सुनामीले पूरै बेलायतलाई हल्लाइदियो ।
त्यसदिन लण्डनको सडकमा १४ लाख ७० हजार लिटर बियर बगेको थियो । एउटा बियर कारखानामा भएको दुर्घटनापछि यति ठूलो परिमाणमा बियर पोखिएर सडकमा बग्दा सुनामी नै आएको थियो ।
ल्ण्डनको सेन्ट जायल्समा रहेको बियर उत्पादक कम्पनी द हर्स शू ब्रअरीको कारखानामा २२ फिट अग्लो काठको बियर राख्ने ट्यांकी थियो । उक्त बियर ट्यांकीको किला खुस्किएसँगै त्यसमा रहेको ३५ हजार ब्यारल तातो बियर पोखियो । बियरले कारखाना भत्काउँदा कारखानामा आगालागी भयो र अरु बियर ट्यांकीमा पनि विस्फोट भयो । विस्फोट यदि भयानक थियो की कारखाना ध्वस्त पार्दै बाहिर निस्किएको तातो बियरको सुनामीका कारण लण्डनका सडकमा १५ फिट सम्म अग्लो छाल उठ्यो ।
३ लाख २० हजार ग्यालेन जति बियर सडकमा बग्यो । बियरको सुनामीले एक बालिका सहित ८ जनाको ज्यान लिएको थियो । कैयन् घरहरु बियरले बगायो ।
इो दुर्घटना यति भयंकर थियो की दुर्घटनाबाट बौरिन लण्डनलाई कैयन् महिला लाग्यो ।
Post a Comment