
बार्सिलोना । गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले वार्षिक साधारण सभा गर्न लागेको छ। संघले आगामी अक्टोबर १६ तारिख साधारण सभा गर्न लागेको हो । साधारणसभामा बार्षिकरुपमा भएका आय व्यय बिबरणहरु संघले प्रस्तुत गर्दै छ।
संघले हरेक बर्ष गर्दै आएको दशै तिहार बिशेष कार्यक्रम पनि सोहि दिन नै गर्ने भएको छ। साधरण सभा लगत्तै हुने दशै तिहार बिशेष कार्यक्रम सम्पन्न गर्नको लागि संघका उपाध्यक्ष गौतम गुरुङ्गको संयोजकत्वमा मूल आयोजक तयारी समिति गठन गर्ने निर्णय गरेको हो।
यसै बीच संघको कार्यालयलाई दिर्घकालिन रुपमा ब्यबस्थित गर्दै संचालन गर्न ईच्छुक सहयोगदाताहरुबाट प्रत्येक महिना ५ यूरो सहयोग संकलन गर्ने भएको छ। संघको निर्णय लगत्तै निर्बमान आइसीसी सदस्य दिपक खरेल र संस्थापक सदस्य सरला सापकोटाले हरेक महिना संघलाई ५ युरो बुझाउने घोषणा गरेका छन्।
यसरी नै करिब १०० जना सहयोगदाताले हरेक महिना ५ युरो प्रदान गरेमा कार्यलय दिर्घकालिन बन्न सक्ने भन्दै अभियान चलाएको संघका अध्यक्ष मुक्त बहादुर गुरुङले जानकारी दिएका छन्।
Post a Comment