Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

झापामा नक्कली ‘लाइसेन्स’ छ्याप्छ्प्ती



सुरुङ्गा (झापा) / यातायात व्यवस्था कार्यालय मेचीमा रहेका विचौलियाले सवारी चालक अनुमती पत्र(लाइसेन्स) नक्कली बनाउने गरेको पाइएको छ । सवारी चेक जाँचका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले नक्कली सवारी चालक अनुमति पत्र फेला परेपछि विचौलीयाले यस्तो काम गर्ने गरेको पाइएको हो ।

सवारी चेक जाँचका क्रममा ०१–०४२१३६ नम्वरको सवारी चालक अनुमति पत्र नक्कली भेटिएको प्रहरीले जनाएको छ । पृथ्वीनगर निवासी यामकुमार महतले उपयोग गर्दै आएको उक्त नम्बरको लाइसेन्स सिराह रामनगर मिर्चियाका नथुनीप्रसाद शाहको नाममा यातायात व्यवस्था कार्यालयमा जारी भएको भेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताउनुभयो । शाहको नाममा रहेको लाइसेन्स ए र बि भएपनि महतले ए, वि, एफ र जि राखेर उपयोग गरिरहेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै मोरङ मिर्गौलिया – ६ निवासी यामबहादुर बराइली कामीको लाइसेन्स नम्बरमा ०१–०६७२३४ मा मेचीनगर नगरपालिका– १० का शेखर शर्मा गुराँगाई नाम भेटिएको बताइएको छ । शेखरले ०५८ पुस ९ मा लिएको सोही नम्बरको सवारी चालक अनुमति पत्र कामीले ०६८ श्रावण २० जारी मिति लेखेर उप्रयोग गरिरहेको पाइएको भेटिएपछि विचौलीयाले नक्कली सवारी चालक अनमति पत्र वनाउने गरेको पाइएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।

यता चन्द्रगढी निवासी कामीचन राजवंशीको लाइसेन्स नम्बर ०१–०८२७२४ मा राजगढ बस्ने गजेन्द्र राजवंशीको नाम भेटिएको छ । गजेन्द्रले ए अनुमति लिएपनि कामीचनले ए र बी राखेर उक्त सवारी चालक अनमति पत्र उपयोग गरिरहेको प्रहरीको भनाई छ ।

सुनसरी डुमराहा निवासी बाबुराम चौधरीको लाइसेन्स नम्बर ०२–७०३२५ मा झापा हल्दिवारी – १ का सुनिल महतोले ए र बी राखेर उप्रयोग गर्दै आइरहेको र झापा हल्दीवारी – १ का नवीन आचार्यकोे लाइसेन्स नम्बर ०१–०९९७८८ मा सुनसरी भरौला बस्ने जितेन्द्रराज धामीको नाम उल्लेख भएकोेमा नवीनले ०७० माघ ५ मा जारी गरेको लाइसेन्समा धामीले ०७२ माघ १९ जारी मिति राखेर प्रयोग गर्दै आइरहेको यातायात व्यवस्था कार्यालयको रेकर्डमा रहेको कार्यालयका अधिकृत मनोजकुमार ठाकुरले बताउनुभयो ।

विचौलीयाले नक्कली लाइसेन्स बनाउदा लाइसेन्समा प्रयोग गरिने होलोग्राम, सवारी चालक अनुमति पत्रको कार्ड, हस्ताक्षर र छाप कसरी प्रयोग गर्दै आएका छन् यो खोजीको विषय बनेको छ प्रहरी निरीक्षक गिरीले भन्नुभयो ।

यता चालकले लाइसेन्स हरायो भन्दै प्रतिलिपि बनाउन आउनेबाट यस्तो पेशामा संलग्न गिरोहले लाइसेन्समा लगाएको होलोग्राम पुनः प्रयोग गरी नक्कली लाइसेन्स बनाउने काम गर्दै आइरहेको हुन सक्ने यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख जनार्दन भट्टराईको भनाई छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget