Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

जति कम कपडा, उत्ति सरल र खुशीमय जिन्दगी !

clothes
काठमाडौं । अहिले गर्मीका फेसन आइटमहरुको ‘सेल अफर मार्केट’ अहिले चलिरहेको छ । तपाईंहरुमध्ये धेरै जिन्स, टिसर्ट, कमीज, कुर्ता, स्कर्ट, पाइन्ट लगायत थुप्रैकपडे खरिद गर्नुभयो होला ।
आखिर सेलको सिजनमा सस्तोमा ब्राण्डेड कपडा पाइने भएपछि यो स्वभाविक पनि हो । यसरी धेरै कपडा खरिद गर्दा तपाईंको दराजहरु भरिए पनि होलान् । त्यसलाई हेरेर तपाईं खुसी पनि हुनुहन्छ होला ।
तर, हेरक बिहानलाई सझिनुस्, तपाईंको मनमा एउटा प्रश्न पक्का उब्जिन्छ होला, ‘आखिर लगाउँ चाँही कुन कपडा ?’
कार्यालय, डेटिङ, मिटिङ या कतै बाहिर जाँदा होस् कुन कपडा लगाउने भनेर छान्न तपाईंलाई अझैपनि मुस्किल नै होला । फेसनेबल कपडाले तपाईंको दराज भरिँदा पनि तपाईंलाई यो मुस्किल किन हटेन ?
हो, धेरै विकल्पहरु हुँदा निर्णयमा पुग्न पक्का पनि कठिन नै हुन्छ । धेरैका बीचबाट एक सेट कपडा छान्ने क्रममा उत्पन्न हुने सबालले तपाईंलाई थकाउन पनि सक्छ । तपाईंको फैसला लिने क्षमतामा यसले असर पनि पार्न सक्छ । तपाईंले महसुश गर्नुभएको छ ?
यही सवालका बीच पश्चिमी देशमा एउटा नयाँ अभियान चल्दैछ । यसको नाम हो ‘प्रोजेक्ट ३३३’ । यसमा सामेल भएका व्यक्तिलाई आफ्नो दराजमा ३३ वटा मात्र फेसन आइटम मात्र राख्न अनुमति हुन्छ । यसैबाट उसले आफ्नो दैनिकी पहिरन छान्नुपर्छ ।
यो सुन्दा तपाईंलाई लाग्न सक्छ कि केबल ३३ कपडा, जुत्ता र बेल्टका भरमा कसरी काम चलाउन सकिन्छ ? तर, यसलाई प्रत्यक्ष प्रयोग गर्नेहरु यसबाट आफू निकै खुसीको जीवन बाँचिरहेको बताउँछन् ।
आज फेसबुकका संस्थापक मार्क जुकरबर्ग सँधै एउटै शैलीको कपडा लगाउँछन् । उनी जिन्स र टिर्सटमै देखिन्छन् सँधै ।
अमेरिकी लेखक जोशुवा बेकर पनि यही परियोजनामा सामेल भएका छन् । उनकाअनुसार जति कम कपडा आफूसँग हुन्छ समय उति नै बच्छ । दिनदिनै यो फैसला गर्नु पर्दैन कि ‘आज के लगाउँ ?’ बेकरले आफ्नो लागि केबल ३० पहिरन अलमारीमा राखेका छन् । यसमा कपडासहित जुत्ता, बेल्ट र वालेट पनि सामेल छ ।
लेखक बेकर जस्तै धेरै मान्छे आजभोलि लाइफस्टाइलका जिउन इच्छा राख्छन् । आजको उपभोक्तावादी युगमा घरि-घरि कपडा किन्नुपर्ने र अलमारी खोलेर सोच्दा-सोच्दा थाक्ने धेरैको दैनिकी बनेको छ । तर, यो जीवनशैली यस्ता समस्याको सामाधान मात्रै होइन, खुसीको जीवन जिउने नयाँ प्रयोग पनि बनेको छ ।
३३३ अभियानमा सहभागी भने दिन-दिनै फेसनेबल पहिरनको इच्छा राख्दैनन् । तर, उनीहरुले लगाउने थोरै कपडा भने पक्का पनि राम्रो गुणस्तरको हुन्छ । किनभने थोरै कपडा किन्दा खर्च गर्न धेरै डराउनु पनि पर्दैन । धेरै कपडा किन्नेलाई खर्च पनि उत्तिकै चाहन्छि, त्यसैले क्वालिटीमा उनीहरुको ध्यान कम हुन जान्छ । थोरै कपडा किन्नेहरुलाई पैसाकै कारण गुणस्तरमा सम्झौता गर्नुपर्दैन ।
यस्तो कम कपडावाला जीवनशैली बदल्दा जन्मिने प्रश्न भनेको सँधै एउटै खालका पहिरन लगाउँदा अरुले के सोच्छन् भन्ने हो ।
तर, आजभोलि युगले कोल्टे फेरिको छ । ठूला सफलताको सिँढी चढेकाले पनि यस्तै जीवनशैलीलाई आत्मसाथ गरेका छन् ।
आज फेसबुकका संस्थापक मार्क जुकरबर्ग सँधै एउटै शैलीको कपडा लगाउँछन् । उनी जिन्स र टिर्सटमै देखिन्छन् सँधै ।
फेसन डिजाइनर कार्ल लेंगरफिल्ड पनि यस्तै एउटै प्रकारको कपडामा देखिन्छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि नीलो या ग्रे रंगको सुट पहिरिन्छन् । एपलका संस्थापक स्टीभ जोब्स कालो टर्टनलेक टि-सर्ट लगाउँछन् ।
कम कपडामा काम चलाउनेहरुमध्ये धेरै १० पिस कपडा नै काफी मान्छन् । केही मान्छे ३३ को हदबन्दीमा रहेर यो शैली अपनाउँदैछन् ।
३३ प्रोजेक्ट कोर्टनी कार्वरले ६ वर्ष पहिले सुरु गरिकी थिइन् । उनकाअनुसार थोरै कपडामा काम चलाउँदा मान्छेले सिक्न सक्छ की कम सामानयुक्त जीवनशैली अपनाउनु किन जरुरी छ ?
यसो गर्दा महिना भारको खर्चको हिस्ाा घट्छ, बचत भएको रकम ३ महिनासम्म जम्मा हुँदा थोरै कपडा साथ राख्दा के फाइदा हुने रहेछ भनेर तपाईंले थहा पाउनुहन्छ । यो जीवनशैलीले तपाईंलाई मनोवैज्ञानिक रुपमा पनि किनै फाइदा गर्छ ।
अमेरिकी लेखिका जेनिफर बाँमगार्टनरको दराजमा हेंगरसहित कुल ६५ चीजहरु छन् । उनी कपडालाई लिएर मनोवैज्ञानिक रुपमा जोडिन नहुने बताउँछन् । ‘एक दिन त फाल्नु परिहल्छ’ उनी भन्छिन् ।
अर्की अमेरिकी लेखिका जेनिफर स्काँट आफूसँग १० पिस राम्रा कपडा रहेको बताउँछिन् । जसमा तीन ड्रेस, दुई जीन्स, तीन कर्ता र एक-एक टिसर्ट र स्कर्ट छन् । यसका अलावा बेल्ट, ज्याकेट र स्वेटर पनि छ । उनी कुनै कपडा धेरै लगाउनु छ भने ‘मिक्स एण्ड म्याच’ गर्नुपर्ने बतउँछिन् । जेनिफर एउटा कपडालाई अर्कोसँग म्याच हुने गरी योजना बनाएर किन्नुपर्ने बताउँछिन् ।
३३ प्रोजेक्टकी संस्थापक कार्वर पनि यही गर्छिन् । उनी आफ्नो सर्ट, स्टर्क र ब्लेजरलाई अलग-अलग कपडासँग म्याच गरेर लगाउँछिन् । कहिले क्याजुल सर्टलाई स्कर्टमा साथमा त कहिले सिलाइएको सर्टसँग लगाउँछिन् ।
यसरी थारै कपडा भएपछि तपाईंलाई कपडा कुन लगाउने भनेर निर्णय लिन पनि सहज हुन्छ । यही सहज रुपमा निर्णय लिने बानी तपाईंको क्षमताका रुपमा विकास हुन्छ । यसले तपाईंलाई जिन्दगीमा चाहिएका बेलामा उपयुक्त निर्णय लिन सजिलो बनाउने छ ।
यो किसिमका जीवनशैलीमा बाँच्नेहरु यसलाई फेसनेबल कम हुने पक्षसँग जोड्न नहुने बताउँछन् । गुणस्तरीय पहिरन किन्ने र लगाउने यो खुवीले तपाईंलाई थप ‘बोल्ड’ र फेसनेबल बनाउनेछ । तपाईंको लाइफस्टाइललाई सबैले ‘पोइन्ट’ गर्नेछन् तपाई थप यो जीवनशैलीका लागि अरुलाई प्रेरणा दिने स्रोत बन्नुहुनेछ । फेसनेबल बन्नेहरुका लागि झन यो उपयुक्त छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget