Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ओलीले प्रचण्डलाई सर्वसम्मत बन्न नदिने

१७ साउन, काठमाडौं ।
सत्तारुढ दल नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत प्रधानमन्त्री बन्न नदिने भएको छ । आफ्नो सरकार ढाल्न प्रमुख भूमिका खेलेका प्रचण्डलाई सर्वसम्मत बन्न नदिन एमालेले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ ।
एमालेको प्रधानमन्त्री उम्मेदवार को हुने भन्ने टुङ्गो लाग्न बाँकी छ । एमालेले उम्मेदवारी नदिएमा प्रचण्ड सर्वसम्मत प्रधानमन्त्री बन्ने अवस्था छ । तर आफ्नो सरकार ढालेका प्रचण्डसँग घुमाउरो बदला लिने मनसायमा रहेका प्रधानमन्त्री ओलीले पार्टीबाट हार्ने निश्चित भएकै अवस्थामा पनि उम्मेदवारी दिलाउने निर्णय गराएका छन् ।
कम्तिमा प्रचण्डलाई मतदान नगर्ने रणनीतिमा एमाले छ । आफ्नो सरकार ढालेर प्रधानमन्त्री बन्न कस्सिएका प्रचण्डले राखेको सहमतीय सरकारको प्रस्तावलाई पनि एमालेले कांग्रेसको कारण देखाउँदै ठाडै अस्वीकार गरिदिएको छ ।
oli prachanda in opposite
सहमतीय प्रधानमन्त्री बनाउन आह्वान गरेको समयसीमा सकिएपछि राष्ट्रपतिले बहुमतीय प्रधानमन्त्रीको आह्वान गर्ने अवस्था आएको छ । यसै सन्दर्भमा दलहरु विभाजित बनेका हुन् ।
एमालेबाट प्रधानमन्त्री उम्मेदवारकोरुपमा संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्बाङ वा उपाध्यक्ष बामदेव गौतम बन्ने सम्भावना रहेको बताइएको छ । कांग्रेस माओवादी गठबन्धनमा बहुमत रहेका कारण एमालेको उम्मेदवार पराजित हुने निश्चित छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget