पाँचथर, साउन १७ । पाँचथर सराङडाँडा–४ का एक बालक अहिले घरमा भएका वुवा–आमा वितेपछि साहारा विहिन बन्न पुगेका छन् । उनका वुवा राम बहादुर नेपालीको गत ०७१ साल पौष २५ गते मलेसियामा मृत्यु भयो ।
घरमा विरामी भएका पत्निको उपचारको निम्ति पैसा पठाउन लाग्दा उनी माथि आक्रमण भयो । उनलाई हत्या गरेको उनका घरपरिवारहरु वताउँछन् । त्यसपछि घरमा भएकी श्रीमती पनि दुवै मृगौलाले काम गर्न छोडेपछि लामो समय थलिइन् ।
उनको विराटनगर स्थित नोभल हस्पिटलमा लामो समय परिवारका सदस्यले उपचार गराए । उनको मृगौला प्रत्यारोपण गर्नुपर्ने भयो । जसका लागि उनका परिवारसँग प्रत्यारोपण गर्न पैसा भएन् ।
उनकी आमा हरिमाया नेपालीको नोभेल हस्पिटलमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौं लैजांदै गर्दा गत ०७२ माघ २० गते बाटोमै मृत्यु भएको माइला बढिबा(ठूलोबुबा) खड्ग बहादुर नेपालीले वताए । बुवाको मृत्यु भएर काजक्रिया गरेको एक वर्ष वित्न नपाउँदै छोरा भगिश्वरले फेरी अर्को दुरदशा सहनु पर्यो ।

उनको उपचार गर्न मात्रै उनीहरुले घरमा नभएपछि गाउँमा साहुँसँग ऋण खोजेर उपचार गर्दा चार लाख ऋण लागेको घरपरिवार वताउँछन् । अहिले राम बहादुरका छोरा भगिश्वर १० वर्षका भए,उनी घरनजिकै रहेको दुर्गा उच्च माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययन गर्दैछन् ।
उनी अहिले माइला बढिबाको घरमा वसेर पढ्दैछन् । तर उनलाई पढ्नको निम्ति समस्या छ,शैक्षिक सामाग्री किन्न झनै समस्या छ,घरमा भएको सवै काम भ्याएर पढ्नुपर्छ, यस्तो अवस्थामा उसको कुनै संघसंस्थाले सहयोग गरिदिने भए ती बालकको उद्धार हुने स्थानीय समाजसेवी नरेन्द्र वस्नेतले बताए ।
उनका वढिबा (ठूलोबुबा) खड्ग बहादुरले भने,‘आफैंलाई दैनिकी गुजार्न समेत धौ–धौ छ परिवारमा, दिनभरी अर्कोको लुगा सिएर जिवीकोपार्जन गर्दे आएको छु, यस्तो अवस्थामा कुनै संघ संस्थाले सहयोग जुटाईदिए धेरै सहज हुने थियो ।’
Post a Comment