
एजेन्सी । अचम्म, रोचक अनि विचित्रका समाचारका लागी खानी नै हो भारत । जहाँ कल्पना नै नगरिएका अनौठा घटनाहरु दिनानुदिन घटी नै रहेका हुन्छन् ।
भारत बनासरको गोदौलिया बजारमा साडी पसलमा पुगेर पसल ढुकीरहने साँडेको यतिबेला चौतर्फी चर्चा चलेको छ ।
महिलाका साडी भनेपछि हुरुक्कै हुने साँडे अत्यन्तै भलादमी शैलीको देखिन्छ । उक्त साँडे त्यहाँको एक साडी पसलमा हरेक साँझ जाने गर्छ । साडी पसलमा गएर आरामसँग बस्छ । कसैलाई केही गर्दैन ।
उसले मज्जासँग हावा खान्छ अनि केही बेर बसेर पर्किन्छ । हजारौँको संख्यामा बनारसमा साँडेहरु देखिएपनि यो साँडेलाई बुद्धीमानी साँडे भन्दै सबैले शिवको वाहनको रुपमा पुजा गर्ने गरेका छन् ।
Post a Comment