Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बाटो फेरेपछि राजेशले गाए ‘तिमीलाई मन पराउनु मेरो गल्ती होइन’

काठमाडौं, १८ साउन । नेपाली गायन क्षेत्रका ‘मेगास्टार’ राजेशपायल राई मंगलबार राजधानीको पुतलीसडकस्थित ए–वन म्युजिसियन स्टुडियोमा भेटिए, जहाँ उनी गाउँदै थिए, ‘तिमीलाई मन पराउनु मेरो गल्ती होइन’ । यो गीत रेकर्डिङका क्रममा उनी निकै खुसी देखिए किनकि उनलाई उक्त गीतले साँच्चीकै मन छोएछ । आफैले गाएको ‘तिमीलाई मन पराउनु मेरो गल्ती होइन’ गीतलाई पटक–पटक सुन्दै उनले भने, ‘यो गीत मलाई साँच्चीकै मन प-यो । यसरी रेकर्डिङपछि आफ्नै गीतलाई धेरैपटक सुनेको यो पहिलोपटक हो ।’
darpan rai
हो, साँच्चीकै यो गीतले यी ‘मेगास्टार’ को मन छोएको थियो । यस गीतका गीतकार हुन्, अहिलेका चर्चित गीतकार दर्पण राई । ‘तिमीले बाटो फे-यौं अरे’ गीतमार्फत गीतिकारितामा रातारात चम्किएका दर्पणले यस गीतमा पनि आफ्नो भावना पोखेका छन् । जसरी उनले ‘तिमीले बाटो फे-यौं अरे’ मा एक किसिमको वियोगात्मक प्रेमभावना पोखेका थिए, त्यस्तै यस गीतमा पनि उनले प्रेम अभिव्यक्त गरेका छन् । मोडल तथा म्युजिक भिडियो निर्देशक समेत रहेका दर्पणले भने, ‘यो गीत तयारीमा तीन महिनाअघिबाटै लागेको थिएँ । सोही अनुसार गीत राम्रो बनेको छ ।’ उनका अनुसार यस गीतमा वान साइट लभको भावना उदृत छ । अहिलेसम्म दर्जनौको हाराहारीमा गीति रचना गरिसकेका गीतका दर्पणका अनुसार यस गीतको म्युजिक भिडियो पनि चाँडै बन्दैछ । ‘तिमीलाई मन पराउनु मेरो गल्ती होइन’ गीतलार्इृ महेन्द्र राईले संगीत गरेका हुन् भने एरेञ्ज टेकेन्द्र याक्सोले गरेका हुन् । यस गीतलाई फिमेल भर्सनमा दीपा तामाङले पनि गाउँदैछिन् । उनको भोकल बुधबार (१९ गते) लिने गीतकार दर्पणले बताए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget