Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

उम्दा स्वरमा फूल्यो ‘भावनाका फूलहरु’

काठमाडौं, १८ साउन । एउटै एल्बममा अहिलेका चर्चितदेखि उदाउँदा गायक/गायिकाको स्वर सुन्न सकिने भएको छ । गीतकार किरण टी लिम्बूको गीति एल्बम ‘भावनाका फूलहरु–२’ श्रोतामाझ आएको छ, जसमा चर्चित संगीतकार तथा गायक ताराप्रकाश लिम्बू र जगदिश समालका अलावा पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा उज्वल भविष्य लिएर उदाइरहेका दीपा लामा, रेवत राई, बादल लिम्बू, अमृता लिम्बू, प्रविशा अधिकारी र रानु जबेगुजस्ता गायक/गायिकाको स्वर सुन्न सकिन्छ ।
bhawanka fool haru
ताराप्रकाशकै एकल संगीत रहेको ‘भावनाका फूलहरु–२’ गीतकार किरणको दोस्रो एल्बम हो । उनले करिब तीन वर्षअघि ‘भावनाका फूलहरु’ नामक एल्बम ल्याएका थिए । सो एल्बममा समेत ताराप्रकाशकै संगीत थियो ।
‘भावनाका फूलहरु–२’ मा तिमी हौ सागर, भागी जाने, रंगी तरर, आधा आधी बाँडेर, तिमी विना सोच्छु र तिम्रो घरको बाटो जस्ता ६ वटा गीत छन् । एल्बममा समावेश ६ वटै गीत भिन्न–भिन्नै गायक÷गायिकाको स्वरमा उत्कृष्ट छ ।
एल्बममा समावेश ‘तिमी सागर हौ’ र ‘तिम्रो घरको बाटो’ बोलको गीतमा संगीतकार ताराप्रकाशकै स्वर छ भने जगदीशको स्वरमा ‘भागी जाने’ सजिएको छ । त्यस्तै, ‘रंगी तरर’ बोलको गीतमा प्रविशा र रानुको युगल स्वर रहेको छ । एल्बमको ‘आधा आधी बाँडेर’ मा बादल र अमृता तथा रेवत र दीपाले ‘तिमी विना’ बोलको गीतमा युगल स्वर दिएका छन् ।
13681807_1069121779835547_1857229225_o
नयाँ तथा उदाउँदा गायक/गायिकालाई समेटेर तयार पारेको एल्बम ‘भावनाका फूलहरु–२’ बारे संगीतकार ताराप्रकाश भन्छन्, ‘सुरुमा कोही पनि पुराना हुँदैनन्, नयाँबाटै पुरानो हुने हो ।’ उनले रेवत, दीपा, अमृता, प्रविशाहरु नेपाली सांगीतिक क्षेत्रमा उदाउँदा र उम्दा गायक÷गायिका भएको पनि बताए । ‘अब यिनै गायिका तथा गायिकाको पालो आउँदैछ’ ताराप्रकाशले भने, ‘अहिले पनि यिन नामहरु गायन क्षेत्रमा अगाडि आउन थालेको छ ।’
गीतकार किरण गीतिभावना र उदाउँदा स्वरहरुले ठ्याक्कै मेल खाएको बताउँदै ताराप्रकाशले भने, ‘भावनाका फूलहरु–२’ मा मेरो र जगदीशको पनि स्वर रहेको छ । त्यसैले भ भनछु, यस एल्बममा सबै किसिमका स्वर छन् । एल्बम उत्कृष्ट पनि बनेको छ ।’
गीतकार किरण भावनात्मक गीत लेख्न रुचाउँछन् । जसअनुसार आफ्नो एल्बमको नाम पनि उस्तै जुराउँदै आएको उनी बताउँछन् । आफ्नो पहिलो एल्बम ‘भावनाका फूलहरु’ मा पनि उनले अहिलकै जस्ता सेन्टिमेन्ट तथा रोमान्टिक गीतहरु सामवेश गरेका थिए । जसमध्ये ‘मन मुटु कलेजीमा’ बोलको गीतले श्रोता तथा दर्शकले मनमुटुमा छोएको थियो । यस्तै, आफ्नो यो पछिल्लो एल्बमका गीतहरु पनि श्रोता तथा दर्शकले रुचाइदिनेछन् भन्ने उनको विश्वास छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget