Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

देवनारायण भन्छन्ः एक मिनेट आँखा चिम्लियो भने तिलाठी भारत बनिसक्छ

Dev-narayan-Yadav
१८ साउन, काठमाडौं । सप्तरीको तिलाठीमा भारतीय पक्षले एकपक्षीय रुपमा बाँधेको बाँध नेपालीहरु भत्काइदिए । त्यसक्रममा झडप भयो । र, घाइते हुनेहरु मध्ये एक हुन् तिलाठी ४ का देवनारायण यादव ।
उनलाई अहिले काठमाडौं ल्याइएको छ । र, मंगलबार एक कार्यक्रममा एक देश भक्त नेपालीका रुपमा सम्मान गरिएको छ । काठमाडौंको मनमोहन मेमेरियल अस्पतालमा उपचार गराइरहेका देव नारायण र दुर्गानन्द झालाई राष्ट्रिय स्वाभिमानको लागि युवा अभियानले सम्मान गरेको हो ।
टाउकोमा ब्याण्डेज बाँधेर सम्मान थाप्न पुगेका यादवले आफू देशको सीमा रक्षाका लागि लडिरहने बताए । थप उनकै शब्दमाः
सिडिओलाई सीमाको नक्सा दिएर पठाउनुस्
तिलाठीको समस्या आजको समस्या होइन । तर, यसले हामीलाई पटक-पटक दुःख दिइरहेको छ । विगतदेखि नै म जुधिरहेको छु र भारतले मेरो सीमा मिचेर कुनै पनि वाँध बाध्छ भने त्यसको विरुद्धमा म एक थोपा रगत रहेसम्म लडिरहने छु ।
जहाँसम्म अस्तीको घटना छ, यसमा केहि कुरा यहाँको प्रशासनलाई भन्न चाहन्छु । सप्तरीमा पठाउनु भएको सिडिओ हुनुहुन्छ उहाँ ओखलढुंगाको हुनुहुँदो रहेछ । अब ओखलढुंगाको मान्छेलाई सप्तरीको सीमा र बाँधको बारेमा के थाहा हुन्छ ? यदि होइन भने उनीहरुलाई सिमाको बारेमा पाठ सिकाएर पठाउनुहोस् ।
सिडिओ साबलाई सोध्नुहोस्, अब हामिले सोध्यो भने त उहाँ हाकिम हुनुहुन्छ के सोध्नु । तर, सोध्नुहोस् तपाईसँग सीमाको नक्सा छ ? छैन भन्छन् । हामीसँग के मन्त्रालयसँग छैन भन्छन् । अनि कसरी सीमाको सुरक्षा हुन्छ ? त्यसैले त्यहाँ पठाउनु भन्दा पहिले सिडिओलाई हाम्रो सिमा कहाँसम्म छ भन्ने पढाएर पठाउनुहोस् ।
सशस्त्रको काम पैसा उठाउने
सीमा सुरक्षाका लागि भन्दै सशस्त्र प्रहरी बल खटिएको छ । अब त्यसको बारेमा के भनौं । भनौं भने लाजमर्दो छ तर, भन्छु । उहाँहरुको काम भनेको ट्याक्स उठाउने मात्रै हो । सुरक्षा दिँदैनन् । अब उनीहरुलाई पनि भन्नु पर्‍यो, ट्याक्स मात्रै उठाउने होइन, सीमा सुरक्षा गर भनेर ।
अस्तीको घटनामा भारतीयहरुले बांध बनाउन थालेपछि मैले सिडिओ साब र एसपी साबलाई फोन गरेँ । उताको मान्छेहरु आएर बाँध बनाइसके । एसएसबी सहित छन्, तपाईंहरु पनि आउनु पर्‍यो भन्दा अहिले फुर्सद छैन भन्नु भो । मलाई त रिस उठ्यो र भनिदिएँ आउने भए आउनुस् होइन भने हामी आउँछौं तपाईहरु निकाल्छौं ।
तर, उता मेरो सीमा मिचिएको म कसरी सहन सक्छु । दशगजामा नेपालको सीमा पिल्लर उता कता छ, उनीहरु यता नेपालको भूमि मिचेर बाँध बनाइरहेका छन् । बनाए उनिहरुकै भूमिमा बनाउन् । मेरो मातृ भूमिमा आएर बनाएर मिच्दा कसरी सहने ?
चार बजेतिर एसपी र सिडिओ पुगे । उताको पनि फौज यताको पनि फौज छ । उताका जनता धेरै छन्, हाम्रो थोरै छन् । बाँधमा बोरा राख्न थाले, यता बाँस बोकेर आए । मैले पनि बोरा राख्न बनाएको बाँस निकालेर औजार बनाएँ ।
उनिहरुले बोरा राख्थे, मैले बोरा थुतेर फालिदिन्थे । मैले टाउकोमा फेटा लगाएर गएको थिएँ, सुरुमै फेटा थुतेर टाउकोमा हाने । हामीसँग बुढापाका, वालवालिका महिलाहरु थिए, मलाई हानेको देखेपछि सबैले हान्न थाले । हामिले भारतीयहरुलाई धपाएर उतै पठायौं, बाँध बनाउन दिएनौं ।
मेरो टाउको बाट रगत बगिरहेको छ, तर सिडिओ हेरिरहेका छन् । धन्न पछि राजविराज लगेर मेरो उपचार भयो ।
नेताहरुले सीमाको वेवास्ता गरे
sapthari telathi (1)
मलाई देशको लागि लड्दा ज्यानको कुनै प्रवाह छैन । यति गर्न सके हामी हा्रमो सीमा जोगाउन सक्छौं । तर, भन्दा चित्त दुख्न सक्छ तै पनि भन्छु चित्त नदुखाउनुहोला, देशमा प्रजातन्त्र आएपछि २०-२५ जना प्रधानमन्त्री फेरिए तर अहिलेसम्म बोर्डरको समस्या बुझन कोहि गएका छैनन् ।
अहिलेको घटनापछि १३ पटक भारतको हेलिकप्टर आइसक्यो । तर मेरो देशका कोहि पुगेका छैनन् । त्यसैले अब राष्ट्रियता र सीमा रक्षाको लागि मेची महाकाली अभियान चलाउँ ।
म त मेरो ज्यानमा एक थोपा रगत भएसम्म सिमानामा केहि हुन दिन्न । नत्र एक मिनेट आँखा चिम्लियो भने एक मिनेटमा तिलाठी भारत बनिसक्छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget