Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भीड छिचोल्दै जब प्रचण्ड ओलीको सामुन्नेमा पुगे…

Pm-Prachand
१९ साउन,काठमाडौं । प्रधानमन्त्रीमा औपचारिकरुपमा निर्वाचित हुनुअघि नै प्रचण्डलाई संसद बैठक कक्षभित्र सांसदहरुले बधाइ दिन थालिसकेका थिए । सभामुखले मतपरिणाम सुनाउनासाथ उनलाई छेउकै दाहिने लहरको पहिलो कुर्सीमा बसिरहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बधाइ दिए ।
सभामुख ओनसरीले बधाइ दिनका लागि प्रधानमन्त्री कक्षमा जान सांसदहरुलाई रुलिङ गरे पनि माओवादी केन्द्रका सांसदहरुले प्रचण्डलाई घेरिहाले । उनलाई तत्कालै खादा र माला लगाएर पार्टीका सांसदहरुले बधाइ दिए ।
त्यही लहरमा मिसिएका बिजयकुमार गच्छदारले रातो रङको खादा ओढाएर प्रचण्डसँग अँगालो मार्न खोजे तर उनी भिडले थिचिएर असफल भए ।
ओली सरकार छाडेर प्रचण्डतिर लागेका प्रेमबहादुर सिंह भने संसदमा दुबोको माला नै बोकेर गएका रहेछन् । ओली सरकारमा खानेपानी मन्त्री रहेका सिंह फेरि पनि मन्त्री बन्नका प्रचण्डलाई फकाइरहेका छन् भन्ने यो दृश्यबाट सहजै बुझ्न सकिन्थ्यो । निवर्तमान मन्त्री सिंह करीव ५ मिनेटजतिको संघर्षपछि दुबोको माला प्रचण्डको गलामा पहिर्‍याउन सफल भए ।
एमालेका नेताहरु झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम पनि प्रचण्डलाई बधाई दिएर बाहिरिए । बधाइ दिने सांसदहरुको भीड थामिनसक्नु भएपछि कुनै बेला प्रचण्डको अंगरक्षक समेत रहेका सांसद सन्तु दराईले आफ्नो पुरानो भूमिका सम्झिँदै प्रचण्डलाई भीडबाट निकालेर बाहिर लैजान खोजे ।
भीड छिचोल्दै अघि बढेका प्रचण्ड सिधै ढोकातिर नगई निवर्तमान हुन लागेका प्रधानमन्त्री केपी शर्मा ओली भएतिर लागे । ओली आफ्नै कुर्सीमा बसेका थिए । उनी कांग्रेसका नेताहरुबाट घेरिएका थिए । प्रचण्डले परैबाट ओलीलाई नमस्कार गर्दै गएर हात मिलाए ।
ओलीले प्रचण्डलाई केहीबेरसम्म हात समातेरै बधाइ र शुभकामना दिए । ओलीसँगै रहेका उपप्रधानमन्त्री कमल थापाले पनि प्रचण्डलाई बधाइ दिए । यसअघि बिदा भएका प्रधानमन्त्रीले नवनिर्वाचित प्रधानमन्त्रीलाई उनकै कुर्सीमा गएर बधाइदिने गरेका थिए ।
प्रधानमन्त्री निर्वाचनको मत परिणाम आउनुअघि रोष्टमअघि उभिएका प्रचण्डलाई राप्रपाका सुनीलवहादुर थापाले आफ्नो मोबाइलबाट पशुपति समशेरसँग कुरा गराए । उनले डायल गरेर फोन दिए त्यो फोनमा पशुपति समशेरले प्रचण्डलाई बधाइ दिए ।
संविधान जारी भएदेखि लगातार संसद बहिस्कार गर्दै आएको मधेसी मोर्चा आबद्ध दलका सबै सांसदहरु उपस्थित भएका कारण उनीहरु बस्ने कुर्सी पुगेन । संघीय समाजवादी फोरमका अभिशेष प्रताप शाह र अर्का एक सांसद बस्ने कुर्सी नपाएर करीव १०/१५ मिनेट भौतारिए ।
शाहले आफ्नो कुर्सीमा अरु नै बसेको भन्दै अशन्तुष्टि जनाएपछि प्रमुख सचेतक शिवजी यादवले कुुर्सीको व्यवस्था गराए । उनलाई दलका नेता उपेन्द्र यादवले व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।
ओली क्याबिनेटका अन्तिम मुसाहरु
ओलीको पक्षमा अन्तिमसम्म व्यवस्थापिका संसदमा रहेका ३० दलमध्ये सात दलले अन्तिमसम्म साथ दिए । राप्रपा नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, जनमुक्ति पार्टी र मधेस समता पार्टीले ओलीलाई अन्तिमसम्म साथ दिए ।
अन्तिमसम्म ओली क्याबिनेटको मन्त्री रहेर पनि भोट हाल्ने बेलामा प्रचण्डतिर लाग्ने दुई ‘मुसा’हरुमा एकनाथ ढकाल र विश्वेन्द्र पासवान देखा परेका छन् । उनीहरु सत्तापक्षकै लहरमा बसेका थिए तर, मन्त्री बस्ने लहरमा बसे पनि भोट हाल्ने बेलामा अर्कैतिर लागे ।
सरकारमै बसेर, त्यही सरकारको मन्त्री रहेर अनि त्यही सरकार ढाल्न मतदान गर्ने मुसा प्रवृत्तिका अन्तिम पात्र बनेका ढकाल र पासवानलाई कांग्रेस-माओवादीकै सांसदहरुले पनि जिस्क्याएका थिए । उनीहरु मतदान गरेर फर्केपछि पनि मन्त्रीकै कुर्सीमा बसे । र, झण्डा हल्लाउँदै बाहिरिए ।
एमालेका आठ सांसद कता गए ?
व्यवस्थापिका संसदमा कुल ५९५ सांसद संख्या रहे पनि मत ३७३ मात्र खस्यो । सभामुखले मतदान गर्न नमिल्ने भएकाले ५९४ मत कायम थियो । त्यसमा कांग्रेसका नरहरी आचार्य गम्भीर बिरामी रहेकाले आउन सकेनन् ।
एमालेका ८ जना सांसद मतदानमा अनुपस्थित रहेको प्रमुख सचेतक भानुभक्त ढकालले बताए । मतदानमा उपस्थित हुन एमालेले अनिवार्य हृवीप जारी गरेको थिएन ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget