
दुनियामा विचित्र कुराहरु खोज्न टाढा धाइरहनु पर्दैन । हाम्रै छिमेकमा धेरै अनौठा तथा विचित्र घटनाहरु भैरहेका हुन्छन् । यहीँ मेलोमा छिमेकी भारतमा एउटा विचित्रको शिव मन्दिरको बारेमा कुरा गरिहालौँ ।
भगवान शिवजीलाई बेलपत्र, दुध धारा, प्रसाद चढाएको त देखिएकै हो । तर उक्त शिव मन्दिरमा भने शिवजीलाई कुचो चढाएर पुजा आराधना गरिन्छ ।
भारतको उत्तरप्रदेशस्थित मुरादाबाद जिल्लाको बिहाजोइ गाउँमा रहेको प्राचीन पतालेश्वर शिव मन्दिरमा भक्तजनहरुको लामो लाइन लाग्दछ । उक्त मन्दिरमा आउने दर्शनार्थीहरुले भगवान शिवलाई दुध, जल तथा फूलका अलावा कुचो पनि शिवलिंगमा चढाउने गर्दछन् ।
मन्दिरमा शिवलाई कुचे चढाउनले मनोकामना पूरा हुने जनविश्वास रहेको छ । यसबाट शिवजी खुसी हुने र मानिसको छाला सम्बन्धी रोग समेत निको हुने विश्वास छ ।
मन्दिरमा शिवलाई कुचे चढाउनले मनोकामना पूरा हुने जनविश्वास रहेको छ । यसबाट शिवजी खुसी हुने र मानिसको छाला सम्बन्धी रोग समेत निको हुने विश्वास छ ।
Post a Comment