Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

के हुँदै छ ‘बाहुबलि-२’ को सेटमा ?

baahubali-2
मुम्बई । कटप्पाले बाहुबलीलाई किन मारे ? यसको जानकारी पाउनका लागि विश्वभरका दर्शक ‘बाहुबली-२’ को प्रतिक्षामा छन् । अहिले फिल्मको निर्माणकार्य जारी छ । फिल्मका आर्ट डाइरेक्टर साबु सायरिलले फिल्मका लागि नयाँ सेट बनाएका छन् । साबुका अनुसार अहिले यो सेटमा मात्रै दैनिक ३ देखि ५ सय मान्छेले काम गरिरहेका छन् ।
सेट निर्माणमा पेन्टर, कार्पेन्टर देखि कर्पोरेट क्षेत्रका ब्यक्तिलाइ समेत प्रयोग गरिएको छ । साबुले यो फिल्मको सेटलाई करिअरकै सबै भन्दा महत्वपूर्ण सेट मानेका छन् । उनी अहिले १० वटा फिल्मको सेटमा काम गरिरहेका छन् । उनी भन्छन् ‘बाहुबली मेरो लागि सबै भन्दा ठूलो च्यालेञ्ज हो’
युद्ध, नाटक, जंगल, जंगली जनावर सबै यहि सेटमा देखाउनुपर्ने वाध्यता छ । साबुका अनुसार यो फिल्ममा इलेक्टि्रक सर्पदेखि घोडा र हात्ती समेतको आवश्यकता पर्छ ।
युद्धको क्रममा घाइते भएर लडेको घोडा देखाउन लगभग असम्भव हुन्छ । यसका लागि उनले विषेश किसिमको मेटिरियल प्रयोग गरेर घोडा बनाएका टन् । जुन घोडालाई कम्युटरको माध्यमवाट युद्धमा लडेको देखाउन सम्भव छ ।
फिल्ममा प्रयोग हुने युद्ध सामग्रीलाई दुरुस्त बनाउनका लागि धेरै केमिकलको प्रयोग गर्नुपर्ने हुन्छ । हरेक सामग्री बनाउनु अघि उनले निर्देशक राजा मौलिसंग सल्लाह गर्ने गरेका छन् ।
एसएस राजामौलिको निर्देशनमा बनेको ‘बाहुबली-२’ आउदो वर्ष १७ अपि्रलमा रिलिज हुने भएको छ । यस चलचित्रमा प्रभास राण दग्गुबती, अमीष शेट्टी, राम्या कृष्णन र सत्यराजले महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget