Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बालुवाटारमा ओलीको ९ महिनाको खाजा खर्च ६० लाख !

२३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल प्रधानमन्त्रीका रुपमा व्याख्या गर्दैगर्दा सुशासन र दैनिक प्रशासन सञ्चालनको दृष्टिकोणमा भने उनको कार्यकाल निकै खराब देखिएको छ ।
नाकाबन्दीको विरोध र राष्ट्रिय स्वाधीनताको पक्षमा ओलीको सकारात्मक भूमिका र प्रशंसा जति छ, कार्यकर्तालाई पैसा बाँड्न र आर्थिक अनियमितता गर्नमा उनको भूमिका त्यति नै नकारात्मक देखिएको छ, यो ९ महिने अवधिमा ।
PM-Bill3
दिनभर आर्थिक मितव्ययिता अपनाउन आहृवान गर्ने पूर्वप्रधानमन्त्री ओलीले बालुवाटार छिरेपछि विभिन्न शीर्षकमा राज्यकोषको दोहन गरेको पाइएको हो । जाँदा जाँदै प्रधानमन्त्री ओलीले बालुवाटारमा विभिन्न मितिमा बसेको वैठकको खाना, खाजा र नास्ता खर्च शीर्षकमा करिब १८ लाखको बिल पेश गरेका छन् ।
उनले एउटै मितिमा यति ठूलो रकमको खाजा-खानाको विल पेश गरे पनि यसरी सार्वजनिक गरेको विल कुन महिनाको हो र विभिन्न समयमा कतिवटा मिटिङको खाजा-खाना खर्च हो भन्नेकुरा भने खुलाएका छैनन् ।
बुद्धनारायण खाद्यान्न सप्लायर्स प्रा.लि, अनमोल क्याटरिङ सर्भिस प्रा.लि. र सोल्टी होटलको विल भुक्तानी गर्ने गरी ओलीले साउन २० गते १८ लाखको खाजा खर्चको बिल पेश गरेका हुन् ।
PM-Bill1
एकै रात ९ लाख ६७ हजारको भोज
यसअघि प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा रात्री भोजका नाममा एकै रात ९ लाख ६७ हजार राज्यकोषको पैसा खर्च गरेका थिए ।
नयाँ बर्ष ०७३ को अवसरमा एउटा भोज गर्दा बालुवाटारमा ९ लाख ६७ रुपैँया सिध्याएको प्रधानमन्त्री कार्यालयले असार १९ गते सार्वजनिक गरेको बिलमा उल्लेख छ ।
करिब १० लाख रुपैँयाले कणर्ालीमा रहेको एउटा छोटो दुरीको तुइनलाई झोलुंगे पुलले विस्थापित गर्न पुग्छ । तर, यति पैसा ओली सरकारले एउटै भोजमा उडाउने गरेको थियो ।
PM-Bill2
असारमा ४ लाख ३ हजारको खाजा
गत असार महिनामा प्रधानमन्त्री निवास वालुवाटारमा केपी शर्मा ओलीले खाजामा मात्रै ४ लाख ३ हजार खर्च गरेका थिए । असार २७ गते प्रधानमन्त्री निवासको खाजा खर्च शीर्षकमा प्रधानमन्त्री कार्यालयले ४ लाख ३ हजारको बिल भुक्तानी गरेको थियो ।
हरेक महिना कम्तिमा ३ लाख र बढीमा ९ लाखसम्म खाजा खर्च शीर्षकमा विल पेश गर्दै भुक्तानी लिएको देखिन्छ । ओलीको सचिवालयले जाँदाजाँदै यही शीर्षकमा पुन १८ लाखको बिल पेश गरेर गएको छ ।
ओलीले बाँडेका सपनाहरु
नौ महिनामा पूर्वप्रधानमन्त्री ओली जनताबीच राष्ट्रवादी र विकासप्रेमी प्रधानमन्त्रीको छवि बनाएर विदा भएका थिए । भारतीय नाकाबन्दीले देशमा इन्धन संकट ब्यहोरिरहँदा पूर्वप्रधानमन्त्री ओलीले नेपालले आफ्नै पेट्रोल खानी उत्खनन् गर्ने घोषणा गरे । उर्जा संकट अन्त्यका लागि हावाबाट विजुली निकाल्ने घोषणा गरेका थिए । उनले वालुवाटारमा खाजाका लागि गरेको खर्चमा मितव्ययिता अपनाएका भए, त्यहाँ खर्च भएको पैसाले करिब ५ हजार जनसंख्यालाई पुग्नेगरि विद्युत उत्पादन गर्न सकिन्थ्यो ।
ओलीले खाजा खर्च शीर्षकमा मात्र वालुवाटारमा नौ महिनामा करिब ६० लाख भन्दा बढी खर्च गरेको स्रोतको दावी छ ।
यस्तै ओलीले आर्थिक मितव्ययिता अपनाउन आहृवान गरेका थिए तर, दिनभरि मीठा सपना देखाउने उनले सरकारी निवासभित्र भने राज्यकोषमा मितव्ययिता देखाउन सकेनन् ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget