Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

‘फेक’ फेसबुक आइडिले दिएका दुःख अनेक

सामाजिक सञ्जाल यस्तो चौतारी बनेको छ, जहाँ दुःखसुख बिसाउन पाइन्छ । तर, यसका सकारात्मक पक्ष मात्रै छैनन् । भौतिक रूपमा जहाँ पुगे पनि एकअर्काबारे नियमित थाहा पाउने नयाँ माध्यम भएको छ यो । यसले कहिलेकाहीँ दुःख पनि दिन्छ । यसको मारमा धेरै कलाकार परेका छन् ।
सामाजिक सञ्जालले दिएको दुःखका प्रसंग आउँदा अभिनेत्री केकी अधिकारी अहिले पनि झस्किन्छिन् । एकपल्ट उनले आफ्नै नामधारी फेसबुक आईडीमा keki-adhikari-looks-आफ्नो अश्लील तस्बिर भेटिन् । त्यो अकाउन्ट चलाउनेले अर्कैको अश्लील तस्बिरमा उनको टाउको जोडेर पोस्ट गरिदिएछ । केकी भन्छिन्, ‘त्यसले त मेरो इमेजै बिगारिदियो । कम्प्लेन गरेकी थिएँ, त्यो पेज बन्द गरिसकेछ ।’ उनले आफ्नो नामबाट मात्र ८० भन्दा बढी नक्कली पेज खोलिएको बताइन् । ती अकाउन्ट चलाउनेले फ्यानसँग नानाभाँती कुरा गरिदिँदा आफूलाई नराम्रो ठान्ने उनको गुनासो छ ।
गायिका आस्था राउतलले फेसबुकेहरूको झmन्झटबाट मुक्ति पाउनै सकेकी छैनन् । फेक आईडी बनाएर उनीसँग विभिन्न गीतको ट्र्याक माग्ने, नदिए अपशब्द प्रयोग गर्ने गरेको सुनाउँछिन् । भन्छिन्, ‘कतिलाई म्यासेज रिप्लाई गर्न पनि पाइँदैन, सयौँ म्यासेज आइरहेका हुन्छन् । तर, रिप्लाई नपठाएकै कारण कतिपयले फेक आईडी बनाएर बेइज्जत गर्दिन्छु भन्ने जस्ता म्यासेज पठाउँछन् । कति लाजमर्दा शब्दहरू पनि म्यासेजमा लेखिपठाउँछन् ।’ गीत प्रमोसन गर्न र साथीहरूसँग बोल्नकै लागि पनि केहीले आफ्नो नामको फेक आईडी बनाएर समस्यामा पारेको उनले पाएकी छिन् । दर्जनभन्दा बढी फेक आईडी बनेका छन्, उनका । कतिपयले आफ्नो फेक पेजबाट अश्लीलता झल्कने तस्बिर र भिडियो अपलोड गर्ने गरेको पनि उनी बताउँछिन् । भन्छिन्, ‘अब त फेसबुकै नचलाऊँ जस्तो लाग्न थालिसक्यो ।’
अश्लील म्यासेज र फोटो पठाएर हैरान गर्न थालेपछि पूर्व मिस नेपाल माल्भिका सुब्बाले फ्यान पेजबाट म्यासेज बक्स नै हटाउनुप¥यो ।
अभिनेत्री रेखा थापाले फेसबुक अकाउन्ट नखोल्दै उनको फेक आईडी बनिसकेको थियो । लामो समयसम्म उनी यसैको टेन्सनमा रहिन् । तर, अहिले उनलाई त्यस्तो कुनै समस्या परेको रहेनछ ।
sushmaउता छिनछिनमा फोटो अपलोड गरिरहने अभिनेत्री सुषमा कार्कीलाई फेसबुकले नै हनुमानढोकासम्म धाउन बाध्य बनायो । कारण थियो, अभिनेता राजेश हमालले लगनगाँठो कस्दै गर्दा सुषमाको फेसबुक पेजमा सुषमा र राजेशले कुनै फिल्मका लागि दिएका बेडसिनका फोटो आपलोड नियमित भइरहनु । सुषमाको नियन्त्रणमा नरहेको उक्त अकाउन्टमा त्यस्ता तस्बिर अपलोड हुन थालेपछि साथी सर्कलमा उनको आलोचना सुरु भयो । धेरैले भने, ‘राजेशको घरबार बिगार्नका लागि पुराना तस्बिर अपलोड गरिरहेको ?’ उनलाई तनाव भयो । त्यसपछि त्यसबाट मुक्ति पाउन उनी हनुमानढोकास्थित महानगरीय प्रहरी कार्यालयमै पुगिन् ।
केही समयअघि अभिनेता आर्यन सिग्देलले आफ्ना नाममा बनेका दर्जनौँ फेक आईडीले व्यक्तिगत जीवनमा हानि पु¥याएको दुखेसो पोखेका थिए । आर्यनसँग भेटेका एक फ्यानले फेसबुकमा आर्यनसँग कुरा गरिरहेको बताउँदा उनी चकित भएका थिए । यही झन्झटबाट टाढा रहन अभिनेत्री प्रियंका कार्कीले टाइमलाइनमै लेखिन्, ‘यो पेज म आफैँ चलाउँछु, अरूहरूचाहिँ फेक हुन् ।’

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget