Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

​हल्का हल्का भन्दै पल शाहको नजिक पुगिन् श्रीषा

काठमाडौं, साउन २३ – गायिका श्रीषा कुँवरले ‘हल्का हल्का बोलको गीतबाट नेपाली सांगीतिक क्षेत्रमा डेब्यू गरेकी छिन् । बाल्यकालदेखि नै संगीतमा रुची राख्ने श्रीषाले यही गीतबाट आफूलाई गायनसँगै मोडलका रुपमा पनि परिचित गराएकी छिन् ।

हुने विरुवाको चिल्लो पात भनेजस्तै बाल्यकालदेखि नै संगीतमा सक्रिय उनले यो गीतमा सफल कलाकार बन्ने लक्षण देखाएकी छन् । श्रीषा आधुनिक गायक तथा संगीतकार तुला पर्वतकी छोरी हुन् । शिखर सन्तोषको संगीत तथा आनन्द अधिकारीको शब्दमा गाएको ‘हल्का हल्का’ गीत गाएकी श्रीषाको म्युजिक भिडियोले बजारमा चर्चा बटुलिरहेको छ । प्रसन्न पौडेलद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा गायिका कुँवरले अभिनेता पल शाहसँग अनस्क्रिन रोमान्स गरेकी छिन् । गीतको भिडियोका छायाँकार विदुर पाण्डे हुन् भने टेकेन्द्र शाहले भिडियोको सम्पादन गरेका छन् ।

चार वर्षको प्रशिक्षण लिएकी श्रीषाको उद्देश्य सानैदेखि गायिका बन्ने थियो । अहिले कक्षा ११ मा पढ्दै गरेकी श्रीषा गायनका अलावा मोडलिङ र कलाकारिता पनि गरिरहेकी छन् । उनले आफ्ना गायक बुवा तुलाका केही गीतमा समेत मोडलिङ गरिसकेकी छिन् । श्रीषाले राजेन्द्र गौतमको शब्दमा तयार भएको उदाउँछ जुन बोलको गीतको भिडियोमा अभिनय गरेकी छन् । जुन रिलिजको तयारीमा छ ।
उनको गीतको भिडियो :

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget