Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मेरो देश

मेरो देश
भूपि शेरचन (वि.सं. १९९२–२०४६) ले स्नातकसम्मको औपचारिक अध्ययन गरेका थिए । उनि प्रारम्भमा चर्काे रुपमा प्रगतिवादी चिन्तक, मध्यान्तरमा स्वच्छन्दतावादी, मानवतावादी र अन्त्यतिर शारीरिक अस्वस्ताका कारण केही शिथिल कविता सृजना गर्ने सर्जक मानिन्छन् । उनका कवितामा राजनीकित, सामाजिक, आर्थिक असमानता प्रति ठाडो प्रहार गरेको पाइन्छ । उनी समाजमा निम्नवर्गीय जनताको पीडा, व्यथा र वेदनालाई सशक्त पाराले अभिव्यक्त गर्दछन् । 

    भूपि शेरचनको मेरो देश कवितामा, प्राकृतिक दृष्टिले भरिपूर्ण एवम् रमणीय मुलुक हो । यहाँको प्रकृतिमा बसन्त ऋतु आयो भने उसलाई पनि यहीँ बसूँ बसूँ लाग्छ । तुषारो परेका रातमा आलुबखडाका हाँगाहाँगामा कुखुराका चल्लाले बिहानको पाहारिलो घाममा पखेटा फिँजाएर घाम तापेजस्तो रमणीय दृश्य देख्न पाइन्छ । यहाँका बनजंगलमा मृगका बच्चाहरु स्वतन्त्र रुपमा उफ्रँदै खेल्दै गर्छन् । नेपाली प्रकृतिका काखबाट प्रस्फुटित छहराले खोलामा पुग्न भीरबाट छाँगो बनाएर हामफाल्ने गर्छन् । रातमा हिमालचुलीले नेपाली आँगनमा रुपौला घाम पालने नेपाली भूमिको प्रत्येक फाँटामा अविरल गतिमा बहने नदी, पाखा–पर्वतमा छहरा र उच्च शिखरमा लेकको रमणीय दृष्य देख्न पाइन्छ । यहाँका साना नदी पनि तुफानी वेगले बगिरहेका हुन्छन् । यहाँ रातमा पनि घामले उज्यालो फाल्छ र आशले मंगल दीप सजाृँछ । यहाँका पहाडका निधारमा लेक, छातीमा छहरा र काखमा नदी हुन्छन् । अबेला घर फर्कने बटुवालाई प्रत्येक झ्याङबाट झयाउँकीरीले सङ्गीतमय तालमा गिज्याउने र अँधेरी पँधेरीमा पानी लिन जाने प्रत्येक युवतीलाई जुनकीरिले ज्योति फिँजाएर उज्यालो छर्ने गर्छ । यहाँका प्रत्येक गाउँ बस्तीमा कस्तुरीको सुगन्धले हावासँगै बहने गर्छ । 
यस कवितामा कविले नेपाली प्रकृतिको विभिन्न पक्षको सुन्दर ढङ्गले वर्णन गर्नु र राष्ट्रिय भाव प्रकट गर्नु उनको मुख्य उद्देश्य देखिन्छ । यस कवितामा कविले आफ्नो देशको प्रकृतिको मग्धकण्ठले प्रशंसा गरेका छन् । यस्तो सुन्दर, शान्त र रमणीय मुलुकबाट जति नै टाढा बस्नु परेपनि नेपालीका हृदयमा नेपालीको अमिट छाप ताजा भएर बसेको हुन्छ । यसरी प्रकृतिले मनोरम भाव प्रकट गरी कविले प्रस्तुत कवितामा नेपालको सुन्दर चित्र उतारेका छन्
कविले यस मेरो देश कवितामा नेपाली सुन्दरताको सहज र स्वाभाविक रुपले चित्रण गरेका छन् । 
हिउँ परेको रात, 
धुपी र सल्लाहरु रुने,
आरुका फूलहरु फुल्ने, 
उफ्री उफ्री खेल्ने मृग,
बाह्रै महिना मानिसका गालामा आरुका फूल फुल्छन् । 
पहराले छहराबाट खोलामा हामफाल्छन् । 
पत्येक पहाडको काखमा नदी हुन्छ । 
जुनकीरिले ज्योति फिजाउँछ । 
शितल हावामा कस्तुरीको सुगन्ध फैलिन्छ । 
 भूपि शेरचनको मेरो देश कविता
भूपि शेरचनको मेरो देश कवितामा, प्राकृतिक दृष्टिले भरिपूर्ण एवम् रमणीय मुलुक हो । यहाँको प्रकृतिमा बसन्त ऋतु आयो भने उसलाई पनि यहीँ बसूँ बसूँ लाग्छ । तुषारो परेका रातमा आलुबखडाका हाँगाहाँगामा कुखुराका चल्लाले बिहानको पाहारिलो घाममा पखेटा फिँजाएर घाम तापेजस्तो रमणीय दृश्य देख्न पाइन्छ । यहाँका बनजंगलमा मृगका बच्चाहरु स्वतन्त्र रुपमा उफ्रँदै खेल्दै गर्छन् । नेपाली प्रकृतिका काखबाट प्रस्फुटित छहराले खोलामा पुग्न भीरबाट छाँगो बनाएर हामफाल्ने गर्छन् । रातमा हिमालचुलीले नेपाली आँगनमा रुपौला घाम पालने नेपाली भूमिको प्रत्येक फाँटामा अविरल गतिमा बहने नदी, पाखा–पर्वतमा छहरा र उच्च शिखरमा लेकको रमणीय दृष्य देख्न पाइन्छ । यहाँका साना नदी पनि तुफानी वेगले बगिरहेका हुन्छन् । यहाँ रातमा पनि घामले उज्यालो फाल्छ र आशले मंगल दीप सजाृँछ । यहाँका पहाडका निधारमा लेक, छातीमा छहरा र काखमा नदी हुन्छन् । अबेला घर फर्कने बटुवालाई प्रत्येक झ्याङबाट झयाउँकीरीले सङ्गीतमय तालमा गिज्याउने र अँधेरी पँधेरीमा पानी लिन जाने प्रत्येक युवतीलाई जुनकीरिले ज्योति फिँजाएर उज्यालो छर्ने गर्छ । यहाँका प्रत्येक गाउँ बस्तीमा कस्तुरीको सुगन्धले हावासँगै बहने गर्छ । 
    यस कवितामा कविले नेपाली प्रकृतिको विभिन्न पक्षको सुन्दर ढङ्गले वर्णन गर्नु र राष्ट्रिय भाव प्रकट गर्नु उनको मुख्य उद्देश्य देखिन्छ । यस कवितामा कविले आफ्नो देशको प्रकृतिको मग्धकण्ठले प्रशंसा गरेका छन् । यस्तो सुन्दर, शान्त र रमणीय मुलुकबाट जति नै टाढा बस्नु परेपनि नेपालीका हृदयमा नेपालीको अमिट छाप ताजा भएर बसेको हुन्छ । यसरी प्रकृतिले मनोरम भाव प्रकट गरी कविले प्रस्तुत कवितामा नेपालको सुन्दर चित्र उतारेका छन्
नेपाल सानो छ तर विश्वको मुटु हो । एसियाको मुटु हो । नेपालको सुन्दरता विश्वविख्यात छ। यहाँ अनगिन्ती नदीनाला, खोला, झरना र ताल तलैया छन् । यो देशको सुन्दरता सृष्टिका संरचक ब्रह्माको कलाकौशलताको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । खोँच, भञ्ज्याङ, भिराला पहाडहरु, हरियाली वनजंगल झर–झर झरना कल कल बग्ने खोला, सुनौला हिमाल, पाखा पर्वत मनमुग्धकारी देख्न पाइने यो नेपालको दृष्य र किसानका दश नङ्ग्री खियाएर उब्जनी गरिएको खेती पनि अत्यन्त आकर्षक देखिन्छ । नेपालको टार वेसी, गाउँ बस्तीमा, सहरमा चारैतिर देखिन विविध संस्कृति, जात जाति भेष भुषा आदि तथा अझ सबैको दिल खिच्न सक्ने मानवीय संरचना कलाकारिता र कलाकौशलता सबैको मानव हृदय तान्न सक्षम देखिन्छ । नेपालका बनजंगलमा फुल्ने मनै हर्ने लालीगुँरास र लालुपाते बुकी फूल र सुनाखरी सयपत्री र मखमली फुलले मानव मन लोभ्याइ रहेको देखिन्छ । सबै किसीमले हेरेर नेपालको मुल्याङ्कन गर्न सकिदैन, सँधै हिउँ परिरहने हिमालदेखि सदाबाहार बनै ढकमक्क भएर फुल्ने फुल, हरियाली बनजंगल नेपाली प्रकृतिका उपहार र नेपालको गहना मानिन्छ । 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget