Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आलु

आलु
भैरव अर्यालको जन्म वि.सं. १९९४ असोज २५ गते कुपण्डोल, ललितपुरमा भएको हो भन्ने गरिन्छ तर यिनको जन्म आरुबारी, गोकर्णमा भएको हो । यिनले एम्.ए. र पत्रकारितामा डिप्लोमा गरेका थिए । यिनले विभिन्न संघसंस्थामा बसेर नेपाली भाषा तथा साहित्यको सेवा पनि गरेका थिए । यिनका निबन्ध, कविता, काव्य, समीक्षा तथा सम्पादित पुस्तकहरु प्रकाशित छन् यिनले राष्ट्रियदेखि अन्तराष्ट्रिय क्षेत्रका विविध विषय टिपेर निबन्ध लेखेका छन् । यिनले प्रभावपूर्ण ढङ्गमा शिष्ट र शलिन ढङ्गले व्यङ्ग्यको परम्परा बसालेका छन् । खप्पिस व्यङ्ग्यकार भैरव अर्यालको ‘आलु’ सिङ्गो रुपमा समाजमा बेथिति र विकृतितर्फ तीब्र व्यङ्ग्य हानिएको हाँस्यव्यङ्ग्य निबन्ध हो ।

    भैरव अर्याल बहुचर्चित हाँस्यव्यङ्ग्य निबन्धकार हुन् । यिनका काउकुती, जयभुँडी, गलबन्दी ‘इतिश्री’, टेडो ऐना आदि निबन्धका संगालाहरु हुन् । नेपाली निबन्धका फाँटमा यिनलाई अद्धितीय हाँस्यव्यङग्य निबन्धकार मानिन्छ । यिनका प्रत्येक निबन्धले हाँस्यव्यङ्ग्यका क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गरेका छन् । यिनको हाँस्यले मनलार्य प्रफुल्लता दिन्छ भन्ने व्यङ्ग्यको मनमस्तिष्कलाई हल्लाउँछ । यिनका प्रारम्भिक चरणका निबन्धमा हाँस्यको प्रधानता र पछिल्ला चरणमा व्यङ्ग्यको बहुलता भएका निबन्धका स्रष्टा मानिन्छन् । यिन हाँस्यप्रधान भन्नुभन्दा व्यङ्ग्यप्रधान निबनधकार भनिन्छ । यिनले प्रभावपूर्ण ढङ्गमा शिष्ट र शालीन ढङ्गले व्यङ्ग्यको परम्परा बसालेका छन् । यिनले राष्ट्रियदेखि अन्तराष्ट्रिय क्षेत्रमा विविध विषय टिपेर निबन्ध लेखेका छन् । यिनको भाषा सरल, सरस, प्रवाहमय र ओजपूर्ण छ । यिनले शब्द चमत्कार र नयाँ शब्द निर्माण गर्न पछि परेका छैनन् । यिनले उखान, टुक्का थेगो आदिको कलात्मक प्रयोग गर्दछन् । यिनी नेपालीका अतुलनीय हाँस्यव्यङ्ग्य निबन्धकार हुन् । खप्पिस व्यङ्ग्यकार भैरव अर्यालको ‘आलु’ सिङ्गो रुपमा समाजमा बेथिति र विकृतितर्फ तीब्र व्यङ्ग्य हानिएको हाँस्यव्यङ्ग्य निबन्ध हो । 
    आलुको जसरी सिद्धान्त छैन त्यसरी नै आजका मान्छेमा पनि कुनै सिद्धान्त छैन । ऊ आफ्नो अडानमा रहन सक्दैन । यस्ता आजका सिद्धान्तहीन आफ्नोपन तथा मौलिक पहिचान गुमाएको आजको मान्छे जता पनि सजिलै ढल्किन्छ । आलु जस्तो सस्तो कुरा खाएर पेडा जस्तो महंगो कुरा खाएको धाक लगाउँद हिँड्नु, बम पड्काएर शान्तिको गीत गाउनु, आजका मानिसहरुको विशेषता हो । भित्र खोक्रो भएपनि बाहिर रवाफ लगाउँदै हिड्नु आजका मानिसको विशेषता हो । यस्ता मानिसले आफूले खर्च गर्नुपरे निधारमा गाँठो पार्छन् भने सित्तैमा पाए खुसी भई अस्वस्थ्य हुने गरी खाने गर्छन् । आफैँले मेहिनेत गर्नुभन्दा संयोग वा भाग्यको भरमा पर्नु र आलु खानु अथवा असफल हुनुमा नै आजका मानिसको सन्तुष्टि देखिन्छ । 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget