Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

रातभरि हुरी चल्यो

रातभरि हुरी चल्यो
 (इन्द्रबहादुर राईद्धारा) लेखिएो रातभरि हुरी चल्यो कथाले दार्जिलिङको सामाजिक जीवनको यथार्थ चित्रण गरेको छ । नेपालबाट कामको खोजिका तथा सुविधाको लागि बसाई सरेका प्रवासीहरुको आर्थिक अवस्था कमजोर देखिन्छ । काम र मामका लागि दुःखजिलो गरेर आजीविका चलाउँछन् । बस्ने ठाउँ र खाने कुराको व्यवस्था गर्न उनीहरुलाई मुस्किल पर्दछ । राम्रो र सुरक्षित थलो भन्दा आजीविकाको समस्याले गाँजिएका नेपालीहरुको कष्टप्रद जीवन गतिलाई कलात्मक पाराले चित्रण गरिएको यस कथामा आपत् विपत् गाउँमा मात्र होइन शहर बजार जहाँ पनि सामान किसिमले आउँछ भन्ने देखाइएको छ । निम्नवर्गीय मानिसहरुको कहाली लाग्दो जीवनलाई विषयवस्तु बनाइएको रात भरि हुरी चल्यो भन्ने कथाले सामाजिक जीवनको यथार्थ चित्रण गरेको छ । 
निम्नवर्गीय मानिसहरुको जीवनावस्था कहाली लाग्दो हुन्छ । जो आर्थिक रुपले विपन्न हुन्छ उसको सामाजिक अवस्था कमजोर हुन्छ । आपत्विपत् पनि तिनीहरुलाई नै बढि पर्दछ । रोग लाग्दा औषधी उपचारको अभाव, बस्नलाई उपयुक्त बासस्थान, उचित शिक्षादिक्षा दिन नसक्नुका पिरलो आदि निम्न आर्थिक अवस्थाका मानिसको समस्या हुन् । रातभरी हुरी चल्यो कथामा निम्नवर्गीय मानिसहरुको कहालीलाग्दो जीवन अवस्थालाई तार्किकर उपयुक्त ढंगले चित्रण गरिएको छ । यस कथामा कालेको बाबुको टिनको छानो मात्र भएको नाममात्रको घर रातभरिको हुरीले उसलाई सुत्न पनि दिएको छैन । कालेको आमा घर–गोठ बेच्ने मनसायले ढुङ्ग्रोमा दुध लिएर शहर जान्छे त्यहाँ पनि एक किसिमको दैवी विपत् खेदेर ऊ घर गोठ बनाउन निधो गरेर फर्किन्छे । 
यस कथा पढेर हामीले कसैको पनि जिन्दगी सोचेको जस्तो हुँदैन । मानिस प्रकृतिकै उपज भए पनि सभ्यताको उषा कालदेखि नै बाँच्नका लागि प्रकृतिसँग संघर्ष गर्दै आएको छ । हाम्रो सोच जीवन प्रति आशावादी हुनुपर्छ । आदिम कालदेखि सभ्यताको यस विन्दुमा मान्छे प्रकृतिसँग सिंगोरी खेल्दै आइ पुगेको छ । मान्छेका पौरखी हातहरुले नै उसलाई यहाँसम्म ल्याइ पु¥याएका हुन् । 
त्यसैले आपत् विपत् र समस्याबाट भागेर मान्छे कहीँ पनि जान सक्दैन । पृथ्वीको कुनै पनि समस्या, आपत विपत्बाट मुक्त छैन । फेरि समस्या, आपत् विपत् नपरी मान्छे सही अर्थमा मान्छे बन्दैन, तसर्थ यस्ता समस्याहरुसँग भागेर होइन तिनका संघर्षपूर्वक सामना गरेर जीवनलाई जति सक्दो सुखी बनाउने प्रयत्नबाट नै जीवन सार्थक हुन्छ । 

परिवेश 
इन्द्रबहादुर राइद्धारा लेखिएको रातभरि हुरी चल्यो कथाले दार्जिलिङको सामाजिक जीवनको यथार्थ चित्रण गरेको छ । दार्जिलिङ सहर र त्यस वरिपरिको पहाडी ग्रामीण नेपाली समाज र ती क्षेत्रमा बसोबास गनृे निम्न वर्गीय नेपालीहरुले बाँच्नका निम्ति गरि रहनु परेको संघर्षको बारेमा प्रस्तुत गरिएको छ । डाँडापाखाका जग कमजोर भएका कालेका बाबुको टिनको छानो भएको नाममात्रका घर जस्ता कच्ची घर गोठको बसोबास र सहर बजारमा पनि सस्तो भाडामा पाइने सुविधाविहिन डेराको बसाइमा वर्षात्सँगै रातभरीको हुरीले छानामा उडाउने पानी चुहिने जस्ता समस्या, प्राकृतिक विपत्ति फैलिएको छ । सिपाही, चौकिदार, राज (डकर्मी), बढई (सिकर्मी), तरकारी पसलेको पेसा अंगाले जसोतसो जीवन जिउन गरिने संघर्षशील निम्नवर्गीय दार्जिलिङे नेपालीको मार्मिक चित्रण गरिएको छ । यसमा प्रवासी नेपालीहरुको संघर्षमय जीवनका विभिन्न पक्षको उद्घाटन गर्दै आदि, मध्य र अन्त्यका श्रृङ्खलाहरु क्रमिक विकसित भएको देखाउँदै कथाकारले निकै सरल तवरबाट प्रस्तुत गरेका छन् । कालेका बाबु र आमा :
कालेका बाबु यस कथाका प्रमुख पुरुष पात्र हुन् । उनी पुरुषवादी अहङ्कारबाट माथि उठेको सह्रदयी, सत् चरित्र भएको मिलनसार देखिन्छन् । उनी सहयोगी, कर्तव्य परायण भएको पात्रका रुपमा प्रस्तुत छन् । निम्न वर्गीय परिवारको प्रतिनिधिकाका रुपमा कर्तव्य निर्वाह गरेका छन् । कालेका बाबुले गाउँमा बस्न रहर गरेकोमा निराश भएर स्वास्नीलाई असुरक्षित जीवनको त्रासले एक्कासी झोकिए पनि असत् होइन त्यो स्वभाविक देखिन्छ । उनको समग्र सत् चरित्र भएको विशेषता हो । 
कालेकी आमा यस कथाकी प्रमुख निम्न वर्गीय नारी पात्र हुन् । उनी संघर्षशील कुशल गृहिणीका रुपले प्रस्तुत छिन् । समस्या पर्दा जोदाहा गर्न सक्ने व्यवहार पटु, सहहृदयी कर्तव्य परायण राख्ने उनको विशेषता हो । उनी भविष्प्रति चिन्तित देखिन्छन् । उनी भविष्यप्रति आशावादी भएर संघर्ष गर्न पछि परेकी छैनन् । उनी कर्मप्रति विश्वस्त छिन् । मिलनसार भएर पारिवारिक दायित्व निर्वाह गर्न पछि पर्दिनन् । कथामा उनले उद्देश्य संवाहकको भूमिका निर्वाह गरेकी छन् । 

व्यक्तिगत विवरण
नाम   :    सरिता पोख्रेल
जन्म मिति   :    २०४८÷८÷१०
राष्ट्रियता   :    नेपाली
पिता   :    कृष्ण पोख्रेल
माता   :    सवित्रा पौडेल पोख्रेल
धर्म   :    हिन्दु
वैवाहिक स्थिति   :    अविवाहित
स्थायी ठेगाना   :    दाङ नगरपालिका–७, महादेवा
सम्पर्क ठेगाना   :    काठमाडौँ, पानीपोखरी लाजिम्पाट
शैक्षिक योग्यता   :    
२०६५        एस.एल.सी., पद्मोदय उच्च मा.वि.
२०६८        उच्च माध्यमिक तह, उच्च माध्यमिक शिक्षा परिषद्, काठमाडौँ, किष्ट कलेज
२०७१        स्नातक, त्रिभुवन विश्व विद्यालय, पाटन क्याम्पस
तालिम तथा अनुभव
२०६८ देखि नेपाली विषय कक्षा १० सम्म पढाइरहेको । 
२०६८ देखि नेपाल इन्स्युरेन्स कम्पनीद्धारा तालिम लिइएको । 
कम्प्युटर सम्बन्धी सीप र ज्ञान । 
२०६५ मा ६ महिने आधारभुत कम्प्युटर तालिम प्राप्त । 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget