३२ साउन, काठमाडौं । सञ्चारमन्त्री राम कार्कीले झिँगालाई मेसिनगन नहान्न पत्रकारहरुलाई आग्रह गरेका छन् । पछिल्लो समय नेपाली सञ्चार माध्यमहरुमा नकारात्मक समाचार मात्र आउन गरेको उनको गुनासो थियो ।

हरेक दिन भएन, बनेन भन्ने जस्ता नकारात्मक समाचार मात्र आउने गरेको भन्दै उनले कम्तिमा हप्तामा एक दिन र नभए महिनामा एक दिन भएपछि सकारात्मक समाचार लेख्न आग्रह गरेका छन् ।
उनले राम्रो कामका समाचारहरु लिखा जत्रो आउने गरेको टिप्पणी गरे । गायक शम्भु राईले विदेशबाट एक लाख ल्याएको र त्यो रकम आफूसहित धनकुटा पुगेर बृद्धबृद्धालाई एक हजार नगद र फलफुल वितरण गरेको घटना सम्झँदै उनले भने, यो समाचार लिखा जत्रो आयो । यदि त्यहाँ हामीले जानेर नजानेर कुनै गल्ती गरेको भए कत्रो समाचार आउँथ्यो ? यद्यपि आफूले सरकार र आफ्नो आलोचना नै नगर्नुस् नभनेको उनले बताए । महाभारतको युद्धमा आफूलाई मन पर्ने पात्र कर्ण भएको भएको भन्दै उसले सरकारको मामिलामा पत्रकारहरुले बलियो प्रतिपक्षकै भूमिका खेल्नु पर्ने बताए ।
कर्मचारीलाई प्रश्नः भित्ता भरिएपछि फोटो कहाँ झुड्याउने ?
सञ्चारमन्त्री कार्कीले पृथ्वी नारायण शाहपछि राजा महेन्द्रलाई मात्र धेरैले सम्झने गरेको भन्दै आफूहरु फाटो झुण्ड्याउन मात्र नआएको बताए ।
प्रधानमन्त्रीको मात्र नभएर मन्त्रालयमा सञ्चारमन्त्रीको पनि फोटो झुड्याउन गरेको रहे छ भन्दै उनले आफूले कर्मचारीहरुलाई भित्ता भरिएपछि फोटो कहाँ झुड्याउने ? भनेर प्रश्न गरेको सुनाए । उनका अनुसार यस्तो भन्दा कर्मचारीहरु हाँसे मात्र ।
Post a Comment