
त्यहाँ नाट्यशालाभित्र छिरेर भित्रै हृदयाघात भएर मरेको आफ्नो मालिकलाई वर्षौँसम्म उसको कुकुरले नाट्यशालाको बाहिर पर्खिरहन्छ । मालिक बाहिर आउने आशामा कुर्दाकुर्दा अन्तिममा हिउँले कठ्यांगि्रएर त्यो कुकुर मर्दछ । यस्तै घटना ब्राजिलमा घटेको छ ।
ब्राजिलको फ्लारियानपोलिस सहरस्थित रुथ कारडोसो नामक अस्पताल बाहिर एउटा कुकुर पछिल्लो ८ महिनादेखि कुरेर बसिरहेको छ ।उक्त अस्पतालमा उसको मालिकलाई उपचारका लागि लगिएको थियो र उपचारका क्रममा उनको निधन भएको थियो । मालिकलाई अस्पतालमा उपचारका लागि ल्याउँदा उक्त कुकुर एम्बुलेन्सको पछि पछि कुँदेर अस्पतालसम्म आएको थियो ।
उपचारका लागि मालिकलाई भित्र लगियो तर कुकुर भित्र जान पाउने कुरा भएन । ऊ बाहिरै उभिइरह्यो । त्यो कुकुरलाई आफ्नो मालिक मरेर अन्त्यष्टि पनि भैसकेको थाहा छैन ? मालिक बाहिर आउनेछन् र सँगै घर लग्नेछन् भन्ने आशामा ८ महिनादेखि अस्पताल बाहिर रुँगेर बसिरहेको छ । कोही बिरामी बाहिर आउँदा कतै आफ्नो मालिक पो हुन् की भनेर दौडिँदै उतै जान्छ, तर नचिनेको मान्छे देखेपछि फर्किन्छ ।
कुकुरको यस्तो बफादारी देखेर अस्पतालका स्टाफ तथा त्यहाँ आउने सबै मानिसहरु भावविह्वल बनिरहेका छन् । यो कुकुरलाई कतिले आफ्नो घरमा लगेर पाल्न चाहे । तर उसलाई जहाँ लगेपछि फर्केर अस्पतालमै आउने गरेको छ । अहिले अस्पतालका स्टाफहरुले नै उसको पालनपोषण गर्ने गरेका छन् । एजेन्सी
Post a Comment