Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

‘बादलसँगै…’ उडि आइन् अनिला (भिडियोसहित)

काठमाडौं, । गायिका अनिला राई दर्शक तथा श्रोतमाझ बादलसँगै उडेर आएकी छन् । एक दशकदेखि बेलायतमै बसेर नेपाली गीतसंगीतलाई निरुन्तर दिँदै आएकी अनिलाले आफ्ना श्रोता एवं दर्शकका लागि ‘बादलसँगै…’ बोल गीतको नविनतम भिडियो पस्केकी हुन् ।
_MG_5267
‘बादलसँगै…’ भिडियोलाई मंगलबार एक भव्य समारोहबीच सार्वजनिक गरिएको हो । रातोपुलस्थित रक हाउस क्याफेमा आयोजित समारोहमा ‘बादलसँगै…’ गीतको भिडियोलाई अहिलेका चर्चित गायक राजेशपायल राई, दीपक लिम्बू, संगीतकार तथा प्राज्ञ शान्तिराम राईलगायतले सार्वजनिक गरेका थिए ।
_MG_5292
गायिका अनिलाको ‘स्वरांकन’ एल्बममा समावेश यस गीतलाई फोटो पत्रकार नविनबाबु गुरुङले निर्देशन गरेका हुन् । छायांकन समेत नविनबाबुकै रहेको यस भिडियोलाई यु–ट्युब र टेलिभिजनमार्फत एकसाथ सार्वजनिक गरिएको हो ।
अनिलाको ‘स्वरांकन’ एल्बम केही समयअघि मात्र सार्वजनिक गरिएको थियो । दोलखाको सैलुङ डाँडा, काठमाडौं र बेलायतमा समेत छायांकन गरिएको ‘बादलसँगैं…’ भिडियोमा सम्पदा बानियाँ र नरेन खड्काले अभिनय गरेका छन् । सैलुङ डाँडा र बेलायतको रमणीय दृश्यले भिडियोलाई थप उत्कृष्ट बनाएको छ ।
कार्यक्रममा बोल्दै संगीतकार शान्तिराम राई भिडियो एकदमै उत्कृष्ट बनेको बताए । उनले भने, ‘बादलसँगै गीतको उत्कृष्टता जस्तै भिडियो पनि राम्रो बनेको छ ।’ सैलुङ डाँडा यस भिडियोका लागि भर्जिन स्र्पोट भएको बताउँदै उनले भने, ‘गीतका मोडल सम्पदा र नरेनको अभिनय पनि उत्कृष्ट लाग्यो ।’ गायिका अनिलाकै शब्दरचना रहेको ‘बादलसँगै…’ गीतको संगीत पनि शान्तिरामले नै गरेका हुन् । गायिका अनिलाले बेलायतबाटै टेलिफोन गरेर उपस्थित अतिथि तथा पत्रकारलाई धन्यवाद दिएकी थिइन् ।
_MG_5308
त्यस्तै, गायक राजेशपायल राईले पनि भिडियो उत्कृष्ट लागेको बताए । ‘भिडियो साँच्चीकै राम्रो बनेको छ’ उनले भने, ‘यस गीतले अनिलालाई थप चर्चामा ल्याउने छ भन्ने मलाई लागेको छ ।’ कार्यक्रममा भिडियोका निर्देशक तथा फोटोपत्रकार नविनबाबुले ‘बादलसँगै…’ छायांकन ताकाको अनुभव सुनाएका थिए । ‘यो भिडियो निकै कठिनका साथ निर्माण गरेका छौं’ उनले भने, ‘तर मिहिनेत गरेअनुसार भिडियो राम्रो बनेको छ ।’ मोडल सम्पदाले पनि भिडियो सुटका क्रममा सैलुङ डाँडा पुग्दा अनुभव सुनाएकी थिइन् ।
सञ्चारकर्मी निर्मल दाहाले सञ्चानल गरेको कार्यक्रममा गायक दीपक लिम्बु, रुकमान लिम्बूलगायतले अनिलाको गायन र  भिडियोबारे चर्चा गरेका थिए । यस गीतको अडियो रुबुशा क्रियटिभ वर्कस्ले ल्याएका हो भने यु–ट्युबमा ‘स्ट्रिट नेपाल’ ले सार्वजनिक गरेको हो ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget