Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भारतीय टीभी स्टारको आम्दानीः दिनमा डेढ लाखसम्म

Hina
एजेन्सी । सानो पर्दामा काम गर्ने केही भारतीय कलाकार एक दिनकै डेढ लाख भारुसम्म पारिश्रमिक लिन्छन् । उनीहरूको कमाइ यतिमै सीमित छैन । विज्ञापन र स्टेज शोमा काम गरेर हुने अतिरिक्त आम्दानी त छँदै छ ।
विभिन्न टिभी च्यानलबाट प्रसारण हुने टेलिसिरियलमा काम गर्ने कलाकारले थोरैमा पनि दिनमा २५ हजार पारिश्रमिक पाउँछन् । हेरौं कसको आम्दानी कति रहेछः
दुई हजार एपीसोड पूरा गरेको ‘तारक मेहता का उल्टा चश्मा’ कि दया भाभी अर्थात् दिशा वाकाणीले एक दिन काम गरेको एक लाख चालीस हजार लिन्छिन् । सोही सिरियलमा जेठालालको भूमिकामा देखिने दिलीप जोशीले दिनको १ लाख ७ हजार लिने गरेका छन् । यस्तै, तारक मेहताको अभिनय गर्ने शैलेस लोढा प्रतिदिन १ लाख पाँच हजार लिन्छन् ।
स्टार प्लसबाट प्रसारण हुने ‘ये रिश्ता क्या कहलाता है’ का हिना खानको दैनिक पारिश्रमिक १ लाख २५ हजार छ । सोही सिरियलबाट करण मेहताले दिनको ८० हजारसम्म लिने गरेका छन् । ‘ये है मोहब्बतेँ’ मा काम गरेर चर्चामा आएकी दिव्यंका त्रिपाठीको प्रतिदिन आम्दानी ६० हजार छ । सोही सिरियलकी अनिता हसनन्दनीले एक दिन काम गरेको ५० हजार लिन्छिन् ।
कलर्स च्यानलबाट आउने ‘चक्रवर्ती अशोक सम्राट’ का मोहित रैनाको पारिश्रमिक एक लाख ८५ हजार छ । स्टार प्लको ‘साथ निभाना साथिया’की देवोलिना भट्टाचार्जीले एक दिन काम गरेको ९० हजार लिने गरेकी छिन् । सोही सिरियलका करण पटेलले एक लाख २ हजार लिन्छन् ।
कलर्सबाट प्रसारण हुने हरर धारावाहिक ‘कवचः काली शक्तियों से’ की मोना सिंहले एक दिन काम गरेको ४५ हजार लिने गरेकी छिन् । ‘जमाइ राजाका’ रवि दुबेको पारिश्रमिक दिनको १ लाख छ भने ‘एक था राजा एक थी रानी’ कि दृष्टि धामीले ९० हजार लिन्छिन् ।
दुई वर्षदेखि जी टिभीबाट आइरहेको ‘कुमकुम भाग्य’ का शब्बीर अहलुवालियाको पारिश्रमिक दिनको ८० हजार छ । ‘भाभीजी घर पर है’ की शुभांगी अत्रे र अर्की कलाकार सौम्या टन्डनले दिनको २५ हजारमा काम गर्ने गरेका छन् । त्यस्तै कर्लसमा आउने ‘शक्ति: अस्तित्व के एहसास की’ का विवियन दसेनाले दिनको ६० हजार लिने गरेका छन् ।
कलर्सकै ‘कसम तेरे प्यार की’ मा देखिने शरद मल्होत्राले एक दिन काम गरेको ३५ हजार लिन्छन् । ‘इश्क का रंग सफेद’ का मिशाल राहेजाले एक दिनको १ लाख ६ हजार लिने गरेका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget