Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

लक्ष्मीको सहयोगार्थ दीपशिखाको कार्यक्रम

काठमाडौं, १३ साउन । कलाकार लक्ष्मी रानाको दुवै मृगौलाले काम नगरेपछि अहिले स्वास्थ्य अवस्था बिग्रिएको छ । मनकामना, एकसाथ, मलाई माफ गरिदेउलगायतका चलचित्र तथा थुप्रै सिरियलमा अभिनय एवं कोरियोग्राफर समेत गरेकी लक्ष्मीको  एउटा मृगौलाले सानो छँदै काम नगर्ने भएको थियो । अहिले उनको अर्को मृगौैलाले पनि काम गर्न छोडेको छ । तर, रकम अभावका कारण उपचार गर्न नसकेर कालोपुल डेरामा बस्दै आएकी उनलाई थोरै भए पनि दीपशिखा फाउण्डेशनले उपचारका लागि सहयोग गर्दै आएको छ ।
laxmi
स्वदेश तथा विदेशका थुप्रै कार्यक्रममा आफ्ना प्रस्तुतीमार्फत दर्शकको मन जित्न सफल भए पनि उनको अहिलेको अवस्था भने दयनीय छ । केही व्यक्तिहरुले व्यक्तिगत रुपमा सामान्य सहयोग गरे पनि उक्त रकम उपचारका लागि प्रयाप्त छैन । उनले आफू अहिले यस्तो हुँदा सबैको साथ सहयोग चाहेको बताएकी छन् । आखाभरि आशु पार्दै उनले साथ सहयोगको अपिल गरेकी छन् । दीपशिखा फाउण्डेशनले उनको सहयोगार्थ राजधानीको कान्तिपथस्थित राष्ट्रिय नाचघरमा साउन ३२ गते मंगलबार सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget