
काठमाडौं । यो वर्ष बिहे गर्ने घोषणा गरेकी सुनिता दुलालले अहिलेसम्म बिहे गरेकी छैनन् । तर, बिहे भएर कतै नगए पनि उनले माइत जान आतुरी भएको कुरा गीतमार्फत पोखेकी छिन् ।
‘माइतीघर’ बोलको तीज गीत लिएर आएकी सुनिताले दर र माइतीघरको प्रसंगलाई गीतमा समेटेकी छिन् । छोरी-चेलीका लागि माइतीघर सबैभन्दा प्यारो भएको बताउने सुनिता आम विवाहित महिलाको भावना समेट्न माइतीघरलाई महत्व दिएको बताउँछिन् ।
‘बिहे होस् या नहोस्, माइती भनेको सबैभन्दा प्यारो घर हो,’ अनलाइनखबरसँग कुरा गर्दै सुनिताले भनिन् ‘महिला दिदीबहिनीलाई माइतीघर सम्झाउन यो गीत गाएकी हुँ ।’
गीतमा उनले माइतीघरको बखान गरेकी छिन् –
यसपालि’नि खाने दर
जाने म त माइतीघर
लर्काउँदै कपाल, मर्काउँदै कम्मर
नाच्छे हो नाच्छे नेपाली चेली
हुकर्ेेकी बढेकी माइतीघरको आँगनमा खेली
जाने म त माइतीघर
लर्काउँदै कपाल, मर्काउँदै कम्मर
नाच्छे हो नाच्छे नेपाली चेली
हुकर्ेेकी बढेकी माइतीघरको आँगनमा खेली
उक्त गीतमा स्वर दिएकी सुनिताले कम्मर मर्काउँदै आफैं नाचेकी पनि छिन् । महेश खड्काको संगीतमा कुमार विवाहित उप्रेती र महेशकै शब्द रहेको छ ।
Post a Comment